जिन्दगीले झेल्दैछ फेरि

आँधिबेहेरी दुःखको भुमरी

पर्वत वेउलीबास ९ बगालेका ३० वर्षीय टेकबहादुर चुदारोलाई जिन्दगीले गीतले भनेझै यतिबेला नराम्ररी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिन्दगीले झेल्दैछ फेरि

आँधिबेहेरी दुःखको भुमरी

पर्वत वेउलीबास ९ बगालेका ३० वर्षीय टेकबहादुर चुदारोलाई जिन्दगीले गीतले भनेझै यतिबेला नराम्ररी"/>

2026-07-11 06:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

क्यान्सर पीडित चुदारो भन्छन् छोरालाई ताते गरेको देखेर मर्न चाहान्छु

2017-01-20


जिन्दगीले झेल्दैछ फेरि

आँधिबेहेरी दुःखको भुमरी

पर्वत वेउलीबास ९ बगालेका ३० वर्षीय टेकबहादुर चुदारोलाई जिन्दगीले गीतले भनेझै यतिबेला नराम्ररी दुखको भुमरीमा पारेको छ । ठूलो परिवारको सपना पुरा गर्नको लागि सात बर्ष खाडी मुलुकमा विताएका टेकबहादुरले सोचजस्तो र भनेजस्तो कमाइ नभएपछि आफ्नै देशका पाखा पखेरामा पसिना बगाएर परिवारकै साथमा एक गास दुखसुख बाँडेर खाने सोचका साथ नेपाल फर्किए । तर उनको सपनालाई रोगले साथ दिएन । भनिन्छ रोगका आफन्त र शत्रु कोहि हुदैन त्यस्तै भयो , घाटीमा देखिएको सानो डल्लो क्यान्सरमा परिणत भयो र अहिले उनी ओछ्यानमा जीवन र मृत्युको विचमा रहेका छन् । 

एउटा गरीव परिवारको सबैभन्दा जेठो र जिम्मेवार व्यक्ति आफैं क्यान्सरको सिकार भएर ओछ्यानमा लडेपछि यतिबेला परिवार शोकमा डुबेको छ । 

तीन बर्षअघि घाँटीमा देखा परेको सामान्य र सानो डल्लोले उनको अमूल्य जीवनलाई मृत्युको र जीवनको दोसाँधमा यतिबेला पु¥याएको छ ।

घाँटीको डल्लो बिस्तारै बढ्दै गएपछि भरतपुर क्यान्सर अस्पताल पुगेका टेकबहादुरलाई  अस्पतालका डा. अम्वुस कर्णले सामान्य घाउ हो निको हुन्छ भन्दै घर पठाएका थिए । तर उनको घाउ निको हुनुको साटो झन् झन बल्झिँदै गयो ।

त्यसपछि उनी काठमाण्डौंको ग्रान्डीसिटी अस्पताल पुगे । अस्पतालले वायोस्पी गर्नुपर्छ भन्यो । त्यसपछि वायोस्पी गरे । अस्पतालले रिपोर्टको लागि बाहिर पठायो । जब उनको रिपोर्ट आयो उनीका सपनाहरु तुसरापात हुने गरी नियतीले नराम्रोसँग उनलाई गाज्यो  । सानो डल्लो क्यान्सरमा परिणत भएछ ।

 ‘यदि भरतपुर क्यान्सर अस्पतालले एकचोटी वायोस्पी गरेर हेर्नुस् मात्र भनिदिएको भए त्यत्तिबेलै भतिजोको घाउ पत्ता लाग्ने रहेछ अहिले जीवन मरणसँग यति धेरै लड्नुपर्ने थिएन उनको काका ओमबहादुर चुदारोले भने ।

क्यान्सर निको पार्नको लागि किमो चढाउनु पर्ने थियो । त्यसको लागि एकचोटी किमो चढाए बापत १५ हजार रुपैयाँ अस्पताललाई बुझाउनु पथ्र्याे । एक सय रुपैयाँ निकाल्न धौधौ पर्ने परिवारले कसरी जुटाउन त्यत्रो रुपैयाँ । 

उनका काका ओमबहादुर भन्छन् ‘हारगुहार गरेपछि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले वीर अस्पताललाई पत्र काटिदियो । त्यही पत्रको आधारमा तीन पटकसम्म अनुदानमा किमो चढायौं । त्यसपछि पैसा नभएर घर लगेर राख्यौं । किमो चढाउँदा घाउमा झन् असर गर्ने भयो त्यसको लागि डाक्टरले पहिला सेकाइ गर्नुपर्छ भनेका छन् किमो चढाउन त पैसा छैन सेकाइ गर्न झन् बढी पैसा लाग्छ रे कसरी जुटाउने ? ’

डाँडामाथिका बाबुआमा, श्रीमती, कलकलाउँदा नावालक छोराछोरी र ४ वटा भाइहरुको संरक्षक टेकबहादुरको जीवन बचाइदिन देश विदेशका सहयोगी मनसँग परिवारले अनुरोध गरेको छ ।

उनको छोरा बल्ल दुइ महिनाको भयो । उनी काठमाडौंमै उपचारमा गर्दै त्यतिबेला मात्रै जन्मेको छोराको अझसम्म उनले अनुसार देख्न र काखमा लिएर छोरासँग खेल्न समेत पाएका छैनन् ।

अब ओछ्यानबाट उठेर काम गर्ने र परिवार पाल्ने भन्दा पनि उनको सोच छोरासँग एक फेरी खेल्ने ठूलो धोको छ । एक पटक छोराको घोडा बनी र तातेताते गदै आगनीमा घुमाउन र खेलाउनको लागि पाए पनि आफूलाई ठूलो राहत हुने उनको इच्छा छ ।

छोरालाई तातेताते भन्दै डो¥याउँदै हिडाउन पाएपनि मरेपछि मेरो आत्माले शान्ति पाउने थियो  टेक बहादुरले भने । 

Tek Bahadur Chudaro

02901900639210000001

GARIMA BIKASH BANK, KATHMANDU

Tek bahadur phone no- 9808406350

Kaka Om Bahadur –
9867706921,9808448730


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट