पर्वत । पाँचौ पर्वत महोत्सवको आज तेस्रो दिन, महोत्सव आयोजक समितिको फितलो व्यवस्थापन र कमजोरीका कारण दर्शकहरुले सोच अनुसारको महोत्सव नभएको गुनासो गरेका छन् । साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवको आज तेस्रो दिन, महोत्सव आयोजक समितिको फितलो व्यवस्थापन र कमजोरीका कारण दर्शकहरुले सोच अनुसारको महोत्सव नभएको गुनासो गरेका छन् । साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी ख"/>
2026-09-16 01:45 PM
कृषि गतिबिधी

पाँचौ पर्वत महोत्वसले दर्शकको मन जित्न सकेन

पर्वत । पाँचौ पर्वत महोत्सवको आज तेस्रो दिन, महोत्सव आयोजक समितिको फितलो व्यवस्थापन र कमजोरीका कारण दर्शकहरुले सोच अनुसारको महोत्सव नभएको गुनासो गरेका छन् । साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी खोज्ने गीतका कारण दर्शकहरु वाक्क भएर फर्किन बाध्य भए ।

महोत्सवमा स्थानीय लोकसाँस्कृति, गुरुङ मगर समुदायका लोकनृत्यको प्रस्तुत गर्ने भनिएता पनि कलाकारहरुले मात्रै दिनभर स्टेच छोडेन् । विहे गर्ने र लमी बन्ने को कोसँग जाने र लाने कलाकारहरुको विहेका कुराले दर्शकको खासै मन भने जित्न सकेन । 

बाजुङ  ९ कोटथोकबाट मेला हेर्नको लागि आएका डिलबहादुर दमाई महोत्सव देखाउने खसी भएको बताए । उनले महोत्सव सोचे अनुसारको नभएको गुनसो गरे ।

महोत्सव परिसर हिलाम्मे र खुट्टा गाडिने थियो, आयोजकले भुस राखेर हिलोलाई हटाउने प्रयास गरेता पनि दर्शकको माग र आवश्यकता र रोजाइलाई भने बुझ्न सकेन । 

तिलाहार की सिता लामिछानेले महोत्सव सोचे अनुसारको नभएको बताइन । उनले महोत्सवमा रत्यौली र स्थानीय लोकनृत्य हेर्न पाइने सोचका साथ आएता पनि त्यसो नभएको बताइन । उनले कलाकार ल्याएर आयोजकले कलाकारलाई मात्रै पैसा खुवाउने काम गरेको बताईन् । 


देउपुर मखकी तारा गुरुङले आयोजकले टिकट दस्तुर ६० राखेतामा पनि सोही अनुसारको उपलब्धी नभएको गुनासो गरिन उनले टिकटको पैसा बेकारमा खेर गएको बताई । 


झरीले प्रभावित भएको पाँचौ पर्वत महोत्सव अबलोकनकालागि छोराछोरी लिएर शनिबारको मौका छोपी महोत्सवमा आएकाहरु पनि महोत्सवको प्रभावताका बारेमा खासै खुसी भने देखिएनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल