2026-09-16 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पु¥याएको कृषि कार्यालयको भनाई

माघ १५ । डडेल्धुरा ।  सुदुरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी, बाजुरा, अछाम लगायतका जिल्लामा वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पुगेको छ । माघमा पानी प¥यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको डडेल्धुरा कृषि कार्यालयले जनाएको छ । देशभरि पानी परेकाले हिउँदे बालीको उत्पादन समेत बढ्ने संकेत मिलेको छ । गहुँ, जौ, मुसुरो तथा तरकारीबालीको लागि अहिलेको वर्षा निकै फाइदाजनक भएको छ । यस्तै घाँसेबालीलाई समेत सिंचाई पुग्ने भएकाले पशुपालक किसानलाई पनि वर्षाले फाइदा र्पुयाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपातले जनजीवन कष्टकर बनाएपनि त्यहाँ लगाइने बाली तथा तरकारीका लागि भने हिमपातले सिंचाईको काम गरेको छ । हिउँदमा खोलानाला सुक्ने भएकाले बालीनालीलाई वर्षा र हिमपात नै सिंचाईको मुख्य आधार मान्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल