महेन्द्र केसी पर्वत  । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा  स्टल राखेर व्यापार गर्नको लागि बसेका लघुउद्यमीहरु निराश देखिएका छन् । महोत्सवमा लघुउद्यमीका स्थानीय लप्सीको अचार, क्याण्डी, अदु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत  । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा  स्टल राखेर व्यापार गर्नको लागि बसेका लघुउद्यमीहरु निराश देखिएका छन् । महोत्सवमा लघुउद्यमीका स्थानीय लप्सीको अचार, क्याण्डी, अदु"/>
2026-09-16 01:44 PM
कृषि गतिबिधी

लघुउद्यमी महोत्सवदेखि निराश

महेन्द्र केसी पर्वत  । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा  स्टल राखेर व्यापार गर्नको लागि बसेका लघुउद्यमीहरु निराश देखिएका छन् । महोत्सवमा लघुउद्यमीका स्थानीय लप्सीको अचार, क्याण्डी, अदुवाको क्याण्डी चुस, पाउडर, अलैची, अचार, मह लगायतका समाग्रही सोचे अनुसारको विक्रि नभएपछि निराश बनेका हुन् ।

मनिषा अदुवा क्याण्डी उद्योगको स्टल राखेर बसेकी तिलाहार ३ गिज्यानकी सेती महत महोत्सवमा सोचे अनुसारको विक्रिवितरण नभएको गुनासो गर्छिन । उनले आफूले स्टलमा राखेको लप्सीको अचार, पाउण्डर, क्याण्डी, माडा, अदुवाको चुस, क्याण्डी, अल्लोका समाग्रीहरु खासै विक्रि नभएको उनको दुखेसो छ ।

महोत्सव परिसरमा आउने दर्शकहरुले स्थानीयस्तरमा उत्पादन भएका बस्तुहरुको बारेमा ज्ञान नभएर वा उघुउद्यमको प्रचारप्रसार नभएर हो व्यापार सोचे अनुसारको छैन । उनले भनिन् ।  लघुउद्यम संघ पर्वतकी अध्यक्ष समेत रहेकी उनले महोत्सवमा १५ वटा लघुउद्यमीको स्टल रहेको तर चित्त बुझ्दो व्यापार नभएको बताईन् ।

२ रोपनी जमिनमा लगाएको अदुवाले बजार भाउ नपाउँदा कुहिएर गएको र अदुवा खरिद गरी बनाएको अदुवा जुस क्याण्डी महोत्सवमा विक्रिवितरणको लागि रोखेको उनले बताईन् । अदुवा खरिद गरेर विभिन्न परिकार बनाएर स्टलमा रोख, सोचे अनुसारको व्यापार छैन उनले भनिन् ।

चिसापानी कृषि फर्म अन्तरगत कुर्घा ६ का उमाकान्त शर्माले पनि पाँचौ पर्वत महोत्सवमा स्टल राखेका छन् । स्टलमा आफ्नै बारीमा फलाएको सुन्तला, मह, लप्सीका परिकार लगायतका स्थानीय उत्पादीत समाग्रीहरु राखेका छन् तर उनको पनि दुखेसो उही छ व्यापार भएन् ।

उघुउद्यम संघको सचिव समेत रहेका उनले महोत्सवमा स्टल राखेर सोच अनुसारको व्यापार हुन नसकेको बताए । दर्शकको अभाव भन्दा पनि उघुउद्यमको प्रचारप्रसारको कमी भएकोले पनि यस्तो भएको उनको तर्क छ ।

महोत्सवमा स्थानीय उत्पादनलाई आयोजकले प्रथामिकतामा नराखेको समेत उनले आरोप लगाए । लघुउद्यमी भनेको छ तर प्रथामिकतामा विदेशी समाग्री परेको छ कसरी स्थानीय उत्पादनको व्यापार हुनु उनले भने । उनले ३५ घार मौरी पालेका छन् भने २ सय बोट सुन्तला लगाएका छन् । बार्षिक रुपमा ५ लाख सम्म कमाउने गरेको उनी बताउँछन् तर महोत्सव भने उघुउद्यमी प्रथाकितामा नपरेको बताए ।

झात्री सल्ला लप्सी खाद्य उद्योग दुर्लुङका सागर शर्माको पनि व्यथा उही छ । व्यापार भएन् । लप्सीका परिकार राखेर बसेका उनले सोच अनुसारको व्यापार नभएको बताए । त्यस्तै हलहलेका ओम बहादुर रोकाले पनि आफूले उत्पादन गरेको भूइस्याउले खासै महोत्सवमा व्यपार नपाएको बताए । मुल गेटको पहिलो स्टलमा बसेका उनले भूइस्याउलाई महोत्सवमा आउनेहरु सखरखण्ड भन्ने गरेको र खासै व्यापार नभएको बताउँछन् ।

लघुउद्यमीको व्यापार नहुनु तर विदेशी स्टलमा दर्शक खचाखच हुनुले पनि महोत्सवबाट लघुउद्यमीहरु लाभान्वीत हुन सकेका छन् । क्रमश घट्दो दर्शको चाप त्यसमाथि लघुउद्यमी पीडा महोत्सवले बुझ्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल