कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण पर"/>

2026-09-16 02:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको गोष्ठी सम्पन्न


कविता उपाध्याय/माघ २२, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी रोल्पाको लिबाङमा सम्पन्न भएको छ । 

कृषिलाई सम्मान जनक नाफामुखी ब्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, उद्देश्यका साथ जिल्ला कृषि विकास कार्यालय रोल्पाद्वारा संचालित कार्यक्रमका बारेमा सरोकारवाला हरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठीमा प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले गमलामा पानी सिचाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

गोष्ठीमा बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो । श्रेष्ठका अनुसार यस कार्यक्रम मार्फत प्रमुख कृषि उपजहरुको विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि बस्तुहरुको मूल्य अभिबृद्धि गर्दै प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने तथा बहुसरोकारवाला निकायहरुको वीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रबाहको सुनिश्चितता गर्ने उद्देश्यले जिल्लामा कार्यक्रम संचालन भएको हो । 

बढ्दो आयात र घट्दो निर्यातले चुलिदै गएको ब्यापार घाटाले कृषिमा आश्रित नेपालको समग्र अर्थतन्त्र नै धरासायी बन्दै गएको र देशमा युवा शक्तिको बढ्दै गएको विदेश पलायनले श्रम शक्तिको अभाव र खेती योग्य कृषि भूमी बाँझो रहने क्रम बढिरहेको हुँदा यो कार्यक्रम संचालन गरिएको हो । 

यो कार्यक्रम मार्फत कृषिमा आधारित अर्थतन्त्रबाट कृषि जन्य उद्योगमा रुपान्तरित आधुनिक, ब्यवसायिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने साेंच रहेको श्रेष्ठको भनाइ छ । 

कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्यको विशिष्ट आतिथ्यता रहेको थियो । कृषि प्रसार अधिकृत रबिन्द्र पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन जिल्ला कृषि विकास कार्यालय रोल्पाका योजना अधिकृत लोकराज सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसराकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत सरोकारवालाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा