Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जंगली जनावरबाट कञ्चनपुरका किसान हैरान, सम्वन्धित निकाय मौन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विमल धामी/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीहरुमा जंगली बदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बाली नाली नोक्सान गरेको छ ।

नेपाली सेनाको ब्यारेक नजिकै रहेको आरक्ष किनारहरुका खेतमा भएको बाली नाली नोक्सान गर्दै आएको बेल्डाँडीका किसान मदन भट्टले जानकारी गराउनु भयो ।

उनले भने “ हामीले कुनै पनि खेती लगाउन जस्तो भएको छैन्, नलगाउदा पनि सुक्क छैन्, लगाएको खेति राम्रो संग कहिलै भित्र्याउन पाउदैनौ विगत लामो समय देखि जंगली जनावरले हामी किसानहरुको लागाएको खेती नोक्सान गर्दै आएको खवर सम्वन्धित निकायमा पुर्याउदा समेत सरोकारवाला निकायले बेवास्था गरिदिएको छ ।”

हामी पिडित किसानको पिडा बुझिदिने कोही पनि छैन् भन्ने गुनोसा सुनाउनु भयो । अफ्नो खेतमा लगाएको मसुरो खेति तिर देखाउदै भने यो हाम्रो जंगली जनावरले खनेको हो या डोजर लगाएको हो आफै हेरिदिनुस् । हामी त यो आरक्षलाई देखाउदा देखाउदा थाकित भएकाछौँ भन्नु भयो । यस क्षेत्र तिर तारवार जाली लगाई दिए किसाहरुको अलि कति समस्या टर्ने उनको भनाई रहेको छ ।

आरक्ष संग जोडिएका बस्तीहरुमा लगाएको खेतीबाली जंगली जनावरले खाईदिने हुनाले किसानको जमिनको हिसावले क्षतिपुर्ती दिर्नु पर्ने किसानले माग गरेका छन् । १ बर्षमा सामान्य २ खेती गर्न सकिन्छ । २ खेतीको सरकारले क्षतिपुर्ती दिने सिस्टम हुनुपर्नेमा जोड रहेको छ । स्थानिय नागरिकले पालेका पाल्तु जनावर रस्सी तोडेर आरक्षमा जादा ५सय देखि १ हजार सम्म तिुर्न पर्ने, आरक्षका जनावरहरु किसानको लगाएको वाली नोक्सान गर्दा किसानले क्षतिपुर्ती नपाउनु विडम्वना रहेको छ । सरोकार वाला निकायले यसमा गम्भिर हुनुपर्नेमा स्थानियको जोड रहेको छ ।