Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रधानमन्त्रीको कृषि आधुनिकीकरण परियोजनाबाट किसान हर्षित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २३, वीरगन्ज | प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् ।

बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, (मत्स्य उत्कृष्ट क्षेत्र) वार्षिक स्वीकृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस क्षेत्रका सिमरौनगढ नगरपालिका, बचोरबा, भगवानपुर, बेलैनी तथा पेतबारी गाविसको एक हजार हेक्टर क्षेत्रफलमा माछापोखरी खन्ने काम सुरु गरेको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताउनुभयो ।

मत्स्यपालन गर्ने किसानलाई रु १० हजार प्रतिकट्ठाका दरले अनुदान दिइनेछ । त्यस्तै ३० कट्ठा जग्गामा रु तीन लाखको दरले अनुदान दिइन्छ । सोही कार्यक्रमअन्तर्गत प्राकृतिक मल कारखाना, कृषि कलेज स्थापना, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, कस्टम हाइरिङ सेन्टर र जैविक विषादी केन्द्र स्थापना गर्ने लक्ष्य छ ।

नौ सय ५० हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण, ५० हेक्टर क्षेत्रफलमा नर्सरी स्थापना तथा माछाको ह्याचरी स्थापना गर्ने लक्ष्य छ । सरकारले मुलुकका सात प्रदेशमा सात उत्कृष्ट क्षेत्र कार्यक्रम स्थापना गर्ने लक्ष्यअनुरुप बारामा पनि सो कार्यक्रम सञ्चालन गरिएको हो । रासस