2026-09-16 02:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

२२ पटकसम्म भारत गएका विष्ट अहिले कृषि कर्ममा

माघ २३, बाजुरा । बाह्रबिसे–६ का चित्र विष्ट २० वर्षको अवधिमा २२ पटक भारत पुगे । अशोक बिहार, नयाँ दिल्लीलगायतका सहरमा मजदुरी काम गरे । तर उनी कहिल्यै सन्तुष्ट भएनन् र परिवारलाई खुसी पार्न सकेनन् । बत्तीस वर्षीय विष्टको जीवनयात्रा दया लाग्दो छ । असार र मङ्सिरमा घर आउने र खेती लगाएपछि भारत फर्किने उहाँको दिनचर्या थियो । 

“आम्दानी भएको पैसाले परिवारलाई हातमुख जोर्न हम्मेहम्मे थियो र ज्यानलाई कहिल्यै आराम भएन,” विष्टले भने । 

भारतमा मालिकबाट गाली अपमान सहनु पर्दा उनी धेरै दुःखी हुने गर्थे । भारत नफर्किने भनेर घर फर्की आउँथे तर अर्को विकल्प पनि थिएन, विष्टलाई । अघिल्लो कात्तिकमा उनी दशैं मनाउन घर आएका थिए । गाउँमा कृषि विकास सेवा केन्द्र टाँटेबाट प्रविधिज्ञको टोली उहाँको गाउँमा पुगेको थियो । 

तरकारी कृषक डबल रोकायाबाट तीन दिने प्रशिक्षणमा बस्ने अवसर पाए विष्टले । कृषि प्रविधिज्ञ नासु मीनप्रसाद जैशीले बेला–बेलामा तरकारीखेती गर्न दबाब दिने गर्थे । विष्टले जिल्ला कृषि विकास कार्यालय बाजुराबाट तरकारीखेतीका लागि टनेल सहयोग पाए । त्यसैबाट सुरुमै २१ हजार आम्दानी गरे । त्यसलगत्तै उनले तरकारीखेती सुरु गरे । दिल्लीका दिक्दारी सहेर आजित बनेका उनमा परीक्षणस्वरुप गरेको तरकारी खेतीबाट आशा जाग्यो । घरको नजिकै साँफे–मार्तडी सडक पनि छ । बजार पनि गाउँनजिकै छन् । सबै हिसाबले उनले तरकारीखेती गर्न उपयुक्त देखे । अहिले उनी तरकारीखेतीमा व्यस्त छन् । 

“बाइस पटकसम्मको भारत बसाइमा गाली र अपमान मात्र पाइएनन् कुटाइदेखि लुटपाटको चोटसमेत सहनुपर्यो, हाल त्यो तनावबाट मुक्ति मिलेको छ,” विष्टले सुनाए । छ जनाको परिवार विष्टसँग रहेको छ । गएको डेढवर्षदेखि उनले तरकारी खेतीबाटै परिवार धानिरहेका छन् । 

एक याममा मात्र उनले ४८ हजार रुपैयाँ आम्दानी गर्न सफल भए । दुई किलोमिटर लामो पाइपलाइन जोडेर कृषि विकास कार्यालय र विकास परियोजनाले पानी सुविधा सहयोग गरेको छ । सिँचाइ र नयाँ जातको बीउका लागि मानव संशोधन केन्द्रद्वारा सञ्चालित विकास परियोजनाले सहयोग गरेको विष्टले बताए । 

अहिले उनी कृषि फार्म दर्ता गर्ने तयारीमा छन् र त्यसका लागि आठ÷दशजना साझेदारको खोजीमा छन् । व्यवसायमा श्रीमती र घरपरिवारले साथ दिएका छन् । यो याममा धानखेती नगर्ने र तरकारी नै गर्ने सोचमा छन् । जिल्ला कृषि विकास कार्यालयले पनि उनलाई आर्थिक र प्राविधिक सहयोग गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताए । 

अठार वर्षको उमेरमा उच्च शिक्षा अध्ययन गर्न अर्थाभाव भएपछि भारत जानु उनलाई बाध्यता थियो । बाइस पटकसम्म भारत जाँदा पनि उनको जीवनमा खासै परिवर्तन भएन । उनी भन्छन् – ‘न त ज्यानले सुख पायो, न त परिवारलाई नै खुसी ।’ भारत गएर दिक्क बनेका विष्ट अहिले विदेश जाने युवालाई स्वरोजगारमा लाग्न आग्रह गर्छन् । । 

किरा लाग्ने र वर्षाद्को समयमा उत्पादन भएजति बजारमा बिकाउन नसकिने हो कि भन्ने उनलाई चिन्ता छ । 

जिल्ला कृषि विकास कार्यालयले उनलाई प्राथमिकतामा राखेर सहयोग गर्दैआएको डा श्रेष्ठले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा