फागुन ११, वीरगन्ज । व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ । 

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११, वीरगन्ज । व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ । 

स"/>

2026-09-12 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नेपाल खाद्य संस्थान धान खरिद गर्न असमर्थ

फागुन ११, वीरगन्ज । व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ । 

संस्थानले चालु आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा हालसम्म रु दुई करोड सात लाखको नौ हजार क्विन्टल मात्र खरिद गर्न सकेको छ । संस्थानले तोकेको मूल्यभन्दा गल्ला व्यापारीले बढी मूल्य दिने भएका कारण यस वर्ष लक्ष्य प्राप्त गर्न नसकिएको शाखा प्रमुख पवित्र गौतमले बताउनुभयो । 

संस्थानले सोना मन्सुली प्रति क्विन्टल रु दुई हजार ३०० र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ८७५ मूल्य तोकेको थियो । सो मूल्य बजार मूल्यभन्दा करिब १० प्रतिशत कम भएका कारण उत्पादन गरेको धान संस्थानलाई नभइ गल्ला व्यपारीलाई बिक्री गरेको किसान शेषमन पण्डितले बताउनुभयो । 

गल्ला व्यापारीले अहिले किसानबाट सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ५०० तथा जिरा मसिनो धान प्रति क्विन्टल रु तीन हजार एक सयको दरले खरिद गर्दै आएको छ । सरकारले तोकेकोभन्दा बढी मूल्यमा धान खरिद गर्न संस्थान असमर्थ रहेको छ । 

मूल्य संशोधन गर्ने प्रक्रिया जटिल भएकाले मूल्य बढाउन नसकिएको गौतम बताउनुहुन्छ । संस्थानसँग गत वर्षको सोना मन्सुली धान चार हजार क्विन्टल तथा जिरा धान दुई हजार क्विन्टल मौज्दात छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस