2026-09-16 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैंची खेती सम्वन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम रोल्पामा सम्पन्न

कविता उपाध्याय/चैत ११, रोल्पा ।  जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा अलैंची खेती सम्वन्धी तीन दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम सम्पन्न भएको छ । 

आइतबारदेखि संचालन भएको तालिम मंगलबार सम्पन्न भएको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले आज जानकारी दिनुभयो । 

उहाँका अनुसार कृषकहरुलाई अलैंची खेती प्रविधिको बारेमा ज्ञान, सीप हस्तान्तरण गरी ब्यवसायिक रुपमा अलैचीं खेतीतर्फ उन्मुख गर्ने तथा गुणस्तरीय विरुवा उत्पादन गर्नका लागि अलैंची नर्सरी सम्वन्धी ज्ञानदिई कृषकहरुलाई नर्सरी स्थापनामा प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो  । 

तालिममा लिबाङ, कोर्चाबाङ, घर्तीगाउँ, जेलबाङ, जैमाकसला, दुबिडाँडाँ, डुब्रिङ, फगाम, पाङ, ह्वामा, धबाङ, गैरीगाउँ, घोडागाउँ र खुंग्री गाविसका ४ जना महिला तथा १८ जना पुरुष गरी २२ जना कृषकहरुको सहभागिता रहेको थियो । 

श्रेष्ठका अनुसार उदयमान वालिका रुपमा रहेको अलैंची हाल जिल्लामा ७० हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ भने यसवर्ष अलैंची खेतीका लागि ९ हेक्टर क्षेत्र विस्तार हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलैंचीको ब्लक र पकेटहरु स्थापना भई थप क्षेत्र विस्तार हुने भएको छ । 

अलैंची प्रमुख मसलावाली एवम् नगदेबाली भएको हुँदा रोल्पाली कृषकहरुको दिनप्रतिदिन यसतर्फ आकर्ष बढ्दै गएको छ । अलैंची कम वजनदार तथा बढी मूल्यवान वाली भएको हुँदा यसको प्रबद्र्धन गरी बढी आम्दानी लिन सकिने कृषकहरुले बताएका छन् । 

अलैंचीको खेती सेपिलो, ओसिला, प्रशस्त चिस्यान खोल्साखोल्सीमागर्न सकिने हुनाले खेर गइरहेको जग्गाको सदुपयोग गरी थप क्षेत्र विस्तार गर्न सकिने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा