Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

उखु बाली छाडेर केरा खेतमा अग्रसर हुँदै नवलपरासीका किसान

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

चैत १३, नवलपरासी ।  नवलपरासीमा उखु खेती गर्दै आएका किसानहरु पछिल्लो समय बैकल्पीक खेतीको रुपमा केरा खेती  तर्फ आकर्षीत बनेका छन् । उखु खेतीबाट हैरान परेका किसानहरु पछिल्लो पटक व्यवसायीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत बनेका हुन् ।

खेतमा तयार भएको उखुबाली चिनी  उद्योगमा लगेर दिदा पनि बर्षोसम्म भुक्तानी पाउन नसक्ने , समयमा रकम भुक्तानी पाउन नसक्ने जस्ता समस्याबाट ग्रार्षीत किसानहरु उखुको  वैकल्पीक रुपमा अन्य कृर्षी खेती  तर्फ आकर्षीत बनेका छन् ।

बर्षोदेखी  उखु खेतीबाट  वाक्क दिक्क बनेका किसानहरु पछिल्लो समय केरा खेती गरी केरा खेतीबाट मनग्य आम्दानी लिन थालेपछि किसानहर सन्तुष्ट बनेको केरा उत्पादक संघ  नवलपरासीका सचिब लख्खु यादवको भनाई छ  ।

आजभन्दा ३ बर्ष अघि मेड नेपाल चितवनले नवलपरासीको उखु खेती गर्ने पकेट क्षेत्र मानिने  जिल्लाको ग्रामीण क्षेत्रमा उखुको विकल्पमा केरा खेतीगर्न सकिन्छ भने कार्यक्रम लागू गरेको थियो  । सो कार्यक्रम लागू भएपश्चात यतिबेला नवलपरासीको ग्रामीण क्षेत्र जुन उखु खेती गरिन्थ्यो पछिल्लो समय उखु वालीको सट्टा किसानहरु केरा खेती गर्न अग्रसर देखाएका छन् ।

जलवायू परिवर्तनको जोखिम न्युनीकरणगरी कर्षी माध्यमद्धारा जिवन स्तरमा सुधार ल्याउने उदेश्यले मेड नेपाल ल्याएको कृर्षी  प्रबर्दन कार्यक्रम सच्चीकै यस क्षेत्रका किसानहरलाई फलदायी बनेको छ  । संस्थाले किसानहरुलाई निशुल्क रुपमा  आवश्यक केरा बिभिन्न तरकारी खेतीका बिउ बिजन  प्राबिधीक  र कृर्षी सम्बन्धी बिभिन्न प्रविधी  सहयोग  गर्दै आएको  संस्थाका फिल्ड कार्यालय नवलपरासीका प्रमुख हरी तिवारीको भनाई    छ  ।

यसरी किसानहरु पछिल्लो समयमा उखु खेतीलाई बिस्थापीत गरी केरा खेतीलाई आफ्नो मुख्य बाली बनाउन थालेपछि नवलपरासीको ग्रामीण क्षेत्रमा  कृर्षी संकलन केन्द्रको समेत स्थापना गरिएको छ  ।

जिल्ला कृर्षी विकास कार्यालयको करिब पाँच लाख र मेड नेपालको करिब चार लाख गरी कुल नौ लाखको लागतमा  कुडिया बजारमा नारायणी  तरकारी फलफुल संकलन केन्द्रको निमार्ण गरिएको हो  ।

सो संकलन केन्द्रको स्थापना बाट अब क्षेत्र मा उत्पादन भएको कृर्षी जन्य बस्तुलाई वाहीर बजारहरुमा पु¥याउन निकै सजिलो भएको  छ  । जसका कारण ग्रामीण क्षेत्रका किसानहरु थप उत्साही भएको स्थानिय किसान पद्मा बस्यालको भनाई छ  ।

नवलपरासीको ग्रामीण क्षेत्रमा पर्ने जुन उखु खेतीकालागी पकेट क्षेत्र मानिने गरिन्थ्यो । अहिले बिशेष गरी अहिले  प्रतापपुर  ,  कुडिया  , त्रिबेणी सुस्ता  ,  नर्सही र पक्लीहवा क्षेत्र यतिबेला केराका लागी पकेट क्षेत्र बन्न सफल भएको छ  ।

यस क्षेत्रबाट  बार्षीक रुपमा करिब चार करोड बराबरको केरा नेपाली बजारहरुमा निर्यात हुने गर्दछ  । भने करिब पांच करोड बराबरको तरकारी नेपाली बजारहरुमा निर्यात हुने गरेको अनुमान छ  ।

यसरी उखुखेती छाडी बैकल्पीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत  भएका किसानहरुलाई पनि सरकारी क्षेत्रबाट पनि सहयोग गर्दै आएको जिल्ला कृर्षी विकास कार्यालय नवलपरासीले जनाएको छ  । किसानहरुलाई उन्नतजातका बिउबिजन  , प्राविधीक र कृर्षी मेसीन औजार तथा यान्त्रिक प्रविधीयुक्त कृर्षी उपकरणहरु उपलब्ध गराउदै आएको जिल्ला कृर्षी बिकास कार्यालयका बरिष्ठ कृर्षी बिकास अधिकृत तेजनारायण गैरेको भनाई छ  ।

केरा खेतीकालागी नवलपरासी उर्भर भुमी मानिन्छ । बिशेष गरी जिल्लाको कावासोती , शिबमन्दिर ,चोरमारा, प्रसौनी , पक्लीहवा , बौदौली , कुडिया  ,लगाएतका क्षेत्रका ब्यवसायीक केरा खेती हुदै आएको छ । नवलपरासीमा कुल ७ सय १५ हेक्टर क्षेत्रफलमा केरा खेती गर्ने गरिन्छ । जिल्लामा बार्षिक  ८ हजार ८ सय २० मेट्रिक टन केरा उत्पादन हुदै आएको जिल्ला कृर्षी बिकास कार्यालयले जनाएको छ  ।