Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सिम्मिटको प्राविधिक सहयोगले नवलपरासीका किसान खुशी (फोटोफिचर)

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/चैत १५, परासी । पराम्परागत तरिकाले खेती गर्दै आएका नवलपरासीका केही किसानहरु आधुनिक प्राविधिक सहयोग पाएसँगै कृषिमा रमाउन थालेका छन् ।

जिल्लामा कार्यकरत सिम्मिट ईन्टरनेसनल नामक गैरसरकारी संस्थाले खेतीपातीका लागि किसानहरुलाई प्राविधिक क्षेत्रमा सहयोग गरेसँगै अहिले उनिहरु प्राविधिक कृषि तर्फ होमिदै गएका छन् ।

परम्परागत रुपमा खेति गर्दा सिँचाईमा समस्या , खर्च धेरै लाग्ने , समय धेरै खपत हुने तर खेति योग्य जमिनमा पनि कम उब्जाउ हुने गरेको र दैनिक गुजारा चलाउँन समेत कठिनाई हुने गरेको उनिहरुको भनाई छ । तर अहिले प्राविधिक कृषि तर्फ लागेका किसानहरुको खर्च कम हुने, बैज्ञानिक तरिकाले माटोको उर्बराशक्ति पनि ह्रास नहुने भएकाले आफुहरु प्राविधिक कृषिवाट लाभान्वित भएको रामग्राम पटखौलीका अर्जुन चौधरीले बताउनु भयो ।

जिल्ला कृषि बिकास कार्यालय नवलपरासीको सहकार्यमा जिल्लाका बिभिन्न क्षेत्रका किसानहरुलाई लाभान्वित बनाएको सिम्मिट संस्थाको प्राविधिक सहयोगमा जिल्लामा ७ हजार हेक्टर क्षेत्रफलमा गँहु खेती र ५ हेक्टर क्षेत्रफलमा मक्कै खेती गरिएको सिम्मिट संस्थाका कार्यक्रम संयोजक सालिन आचार्यले जानकारी दिनुभयो ।

सिम्मिटको प्राविधिक सहयोगमा गरिएको गँहु तथा मक्कै खेतीको जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ कृषि बिकास अधिकृतको उपस्थिीतीमा अनुगमन समेत गरीएको छ । अनुगमनको क्रममा रामग्राम नगरपालिकाको पटखौली र बर्दघाट नगरपालिका, साविकको जहदा गाविस स्थित धनेवामा मेसिनद्धारा छरेर गरिएको मक्कै खेतीको अुनगमन गरीएको थियो । सो क्रममा सिम्मिटको प्राविधिक सहयोग मार्फत करिब १ बिगहामा मक्कै खेती गर्दै आएका किसान खुमानन्द पन्तले मात्र ३५ हजारको खर्चमा करिब १ लाख २० हजार आम्दानी गर्दै आएको बताउनु भयो ।

सिम्मिटको प्राविधिक सहयोगमा किसानहरुको सफलता देखेपछि जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेजनरायण गैरेले सिम्मिटले आफ्नो सेवा बिस्तार गरि अन्य क्षेत्रका किसानहरुलाई समेत सेवा दिनुपर्ने धारणा राख्नु भयो ।

हाल रुपन्देहीको भैरहंवामा कार्यालय स्थापना गरि नवलपरासी, रुपन्देही र कपिलबस्तुका किसानहरुलाई प्राविधिक सेवा दिदै आएको संस्थाले ति जिल्लाका कृषि बिकास कार्यालयको सहयोगमा बिभिन्न प्राविधिक सेवा, कृषकलाई तालिम, कृषक भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गरी किसानहरुलाई प्राविधिक कृषि तर्फ आकर्षित गर्दै आएको छ ।