2026-09-16 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा द्वन्द्वपीडित कृषि कार्यक्रम: २२ कृषक छनोट

चैत १५, रोल्पा । द्वन्द्वपीडित लक्षित विशेष कृषि कार्यक्रमका लागि जिल्लाका २२ जना कृषक छनोटमा परेका छन् । 

कृषकले निवेदन दिएका आधारमा छनोट गरिएको हो । जिल्लामा द्वन्द्वका कारण ज्यान गुमाएका परिवारबाट ३६ जना, अपाङ्ग परिवारबाट नौ, विस्थापित परिवारबाट १८ र स्थानीय शान्ति समितिको कार्यालयले सिफारिस गरेका दुई जनाले निवेदन दिएका थिए । 

स्वरोजगार सम्भावना, प्राविधिक उपयुक्तता, हालसम्म सेवा पाए नपाएको, आर्थिक अवस्था तथा निवेदक कृषकको द्वन्द्वप्रभावित अवस्थाको मूल्याङ्कनका आधारमा कृषकलाई छनोट गरिएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यसरी छनोटमा परेका कृषकले कार्यालयबाट प्रतिव्यक्ति र ४० हजारका दरले अनुदान पाउनेछन् । ती कृषकले तरकारीखेती, प्लास्टिक घर र थोपा सिँचाइ अनिवार्य रुपमा गर्नुपर्ने छ । जग्गा भाडामा लिएर तरकारीखेती गर्न चाहने कृषकलाई सोही रकमबाट प्रतिव्यक्ति रु १५ हजारसम्म अनुदान दिइने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता