2026-11-02 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्युठानमा वनले रोक्यो कृषि सडक स्तरोन्नतीको काम

सलिम अन्सारी/चैत १९, प्युठान । बड्ड़ाडाँ–ऐरावती कृषि सडक स्तरोन्नतीको काम रोकिएको छ ।

 २०५१/०५२ सालमा निर्माण भएको सडक डिभिजन सडक कार्यालय मार्फत स्तरोन्नती गर्ने क्रममा जिल्ला वन कार्यालय प्यूठानले रोकेको हो ।

अनुमती बिना स्क्याभेटरको प्रयोग गरि बनक्षेत्रमा सडक बिस्तार गर्न थालिएको भन्दै बन कार्यालयले निर्माणमा रोक  लगाएको हो ।

काम गर्नका लागि निर्माणस्थलमा राखिएको स्क्याभेटर बिनाकामै सडक किनारमा थन्किएको छ । सडक स्तरोन्नतीका लागि सडकले वन कार्यालयसँग समन्वय नगरेको भन्दै जिल्ला वनको निर्देशनमा स्थानिय बनगढी सामुदायिक वनले काम रोक्न आग्रह गरेपछि विहीबारबाट काम रोकिएको स्थानीयले बताएका छन् ।

हंसपुर लगायतका बासिन्दाको बर्षौ देखिको सड्क सपना पूरा हुन लागेको बेला  बन कार्यालयको अबरोधले सडक निर्माणको काम रोकिएको प्रती स्थानियले असन्तुष्ट्री जनाए।बाटो निर्माण गरिएको २३ बर्ष पछि मात्र  बड्डडाडा ऐरावती सडकको यहि चैत्र पहिलो साता देखि स्तरउन्नतिको काम सुरु गरिएको हो ।

 १६ किलोमिटर मोटरबाटो स्तरोन्नती गरि घुम्तीमा १० मिटर र बाँकी क्षेत्रमा ८ मिटर चौडा बनाउन लागिएको हो ।

अहिले यहाँ सडक चौडा पार्ने, साइट कटिङ गर्ने, कच्ची नाला बनाउने जस्ता कामहरु हुने सडक डिभिजन कार्यालयले बताएको छ ।

जिल्ला बन कार्यालय प्युठानका बन अधिकृत प्रबिण बिडारिका  अनुसार जिल्ला बिकास समिति वा सडक डिभिजन कार्यालयले बनभित्रबाट सडक निर्माण गर्दा सरकारसंग स्वीकृति लिएर सडक निर्माण गर्नुपर्ने प्राबधान छ ।

‘स्तरोन्नती गर्नेमा हाम्रो विमति रहेन,’ जिल्ला वन अधिकृत प्रविण विडारीले भने,‘कति मिटर स्तरोन्नती हुने, कति बोट विरुवा नोक्सान हुने यकिन हुनुप¥यो ।’ वनसँग समन्वय नगरी एक्कासी डोजर लागेपछि आफूहरुले सडक कार्यालयमा समेत ध्यानाकर्षण गराएको उनले बताए ।

बहुबर्षिय सडक अन्तर्गत सडकको स्तरोन्नतीको काम हुन लागेको डिभिजन सडक कार्यालय प्यूठानका प्रमुख सुरेश न्यौपानले बताए । ‘बाटो क्षेत्रमा पर्ने रुखको व्यवस्थापनका लागि सर्वे शुरु भएको छ,’ उनले भने,‘वनसँग समन्वय गरेर काम अघि बढाउँछौ ।’ 

पाँच करोडको बहु वर्षिय योजना अन्र्तगत यस वर्ष २८ लाख रुपैयाँ बजेट छुट्टिएको उनले जानकारी दिए । झण्डै २४ महिनाको अबधिमा निर्माणकार्य सम्पन्न गर्ने गरि खामपाते निर्माण सेवा  काठमान्डौले  कामको जिम्मा लिएको बताइएको छ ।

सडक स्तरउन्नतिको योजना दोस्रो संबिधानसभाको निर्बाचनमा जिल्लाबाट निर्बाचित सभासदहरुको पहलमा   राष्ट्रीय योजना आयोग तथा अर्थ मन्त्रालयले स्विकृत गरेर जिल्लामा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द