पढ्न करिब 2 मिनेट लाग्छ

चैत १९, नुवाकोट । मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको हो ।

जिल्लाको सुहाउदो हावापानी र उत्पादन वृद्धिमा सफल ठहरिएका अरुण–– २ र रामपुर कम्पोजिट जातको मकैको बीउ सहकारी सस्था मार्फत किसानलाई प्रतिकिलो ८५ रुपैयाँपर्ने मकैलाई २१ रुपैयाँ ५० पैसामा प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।

“गुणस्तरीय बीउ भएमा २० प्रतिशत उत्पादन आफंैमा वृद्धि हुन्छ,” वरिष्ठ कृषि विकास अधिकृत डा गैरेले भन्नुभयो– “किसानले परम्परागत रुपमा लगाउँदै आएको बीउको उत्पादन क्षमता ह्रास आउने हँुदा त्यसलाई परिवर्तन गरी नयाँ बीउ भित्र््याउन सहुलियत दरमा बीउ सहयोग गरेका हौ ।”

सहकारी मार्फत वितरण गरेको मकैको बीउमा अरुण– २ को ७५०० किलो र रामपुर कम्पोजिट १४ हजार ९५० किलो रहेका छन् ।

मकैको बीउसँगै वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कार्यालयले सहकारी संस्थाको माग अनुसार १२ सहकारीलाई एक÷एक थान हाते ट्र्यक्टरसमेत ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयकाअनुसार जिल्लाको सबै स्थानमा मकैखेती लगाउन उपयुक्त हावापानी छ । यो मौसममा नुवाकोटमा १८ हजार हेक्टर क्षेत्रफलमा मकैखेती लगाउने गरेका छन् । किसान अहिले मकै लगाउन व्यस्त रहेका छन् । मकैखेती बाह्रैमहिना लगाउन सकिने भएपनि यसका लागि उपयुक्त मौसम अहिले रहेको छ ।

नुवाकोटमा एक आर्थिक वर्षमा ५४ हजार मेट्रिक टन मकै उत्पादन हुने गरेकोमा २५ हजार टन बाहिरी जिल्लामा निर्यात हुने गरेको जनाएको छ । रासस