बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित "/>
2026-09-16 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित

बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित भएका हुन । 

केहि बर्ष अघि सप्रोस नेपालले गाउघरमा किसानहरुको साना साना समुह बनाई घुम्तीकोष संचालन गरि आलु खेतीको सुरुवात गरेको थियो । अरुले आलु खेती गरेको देखेर आम्दानीको राम्रो सम्भावना भएका कारण आलु खेतीमा लागेको स्थानिय युवाहरुको भनाई छ । अहिले युवाहरुमिलेर गिरौँको १५ रोपनी जमिनमा आलु खेती गरेका छन् । आफ्ना साथिहरु विदेश जादै गरेको देख्दा आफुलाई पनि विदेश जान रहर पलाएको तर आलु खेती बाटै मात्र बार्षिक डेढ लाख देखि दुई लाख सम्म कमाई हुने गरे पछि त्यो रहर हटेको दहबगर गिरौँका कलक धामीको भनाई रहेको छ । कात्र्तिक  र मंसिरमा आलु लगाएर चैत बैशाखमा आलु विक्रिका लागी तयार हुने गर्दछ । 

अहिले आलु खेतमै २५ रुपयाँ प्रति किलोमा विक्रि हुने गरेको छ । पहिले बजार अभावका कारण विक्रि वितरणमा समस्या थियो भने आलुमा रोग तथा किराल ले समेत दुख दिने गरेको र खपतका लागी बजार नजिक नहुदा किसानहरुले रोग को उपचार नगर्ने गरेका थिय । तर कालंगा हाईड्रो पावर बन्ने भए पछि कामदारहरुको संख्या बढे संगै गाउमै आलुको माग पनि बढेको अर्का युवा अमर धामीले जानकारी दिनु भयो । गहुँ लगाए बढिमा तीन महिना पुग्ने गरि उत्पादन हुन्थ्यो भने आलु खेतीले तीन महिनामै राम्रो आम्दानी भएको देख्दा किसानहरु उत्साहित भएका छन् । 

आलु बेचेको पैसाले छोरा छोरीको पढाई खर्चका साथै आफ्नो घरायसी खर्च समेत चलाउन सजिलो भएको छ । खर्च गरेर बाँकी रहेको पैसा सहकारीमा जम्मा गर्ने थालेका छन् । भनेको समयमा निकाल्न सजिलो भएका कारण जम्मा गर्ने गरेका छन । जम्मा गर्न आउदा आम्दानीको श्रोत केहो भनि सोध्दा आलु विक्रि बाट भन्ने जवाफ आउने गरेको र घरमा हुँदा पैसा खर्चृ हुने गरेको कारण सहकारीमा जम्मा  गर्ने गरेको दहबगर कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम धामीको बताउनु भयो । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता