Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तरकारी खेतीबाट वार्षिक रु सात लाख बराबरको आम्दानी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १७, रामपुर (पाल्पा) | व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ ।

तरकारी खेतीबाटै अहिले कृषक कार्की समाजमा अगुवा महिलाका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । दिनचर्या तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्दछ । बिहान उठ्यो तरकारी बोकेर दिनहुँ बजार पुग्दा पनि आफूलाई पट्यार नलागेको उहाँले बताउनुभयो ।

तरकारी व्यवसायमा धेरै अनुभव लिनुभएकी कार्कीले आफूले सक्दासम्म व्यवसायलाई निरन्तरता दिने प्रयासमा रहनुभएकी उहाँले भन्नुभयो, “तीन छोराछोरीको पढाइ खर्च यसैबाट राम्रोसँग चलाएँ ।” “तरकारीबाटै परिवारको आर्थिक अवस्था पनि मजबुत बन्दै गएको छ”, आफ्नै पाँच रोपनी जग्गामा तरकारी लगाएर वार्षिक रु सात लाखसम्मको आम्दानी लिने गरेको कृषक कार्की बताउनुहुन्छ ।

लामो समयसम्म तरकारी व्यवसायले कार्कीलाई सामान्य रोग किरा र समाधानका उपायसम्बन्धी पनि ज्ञान भएकाले कुनै समस्या आइलागेका बखत कृषि सेवा केन्द्रसम्म पनि धाउन परेको छैन र बजारको राम्रो सुविधा भएकाले व्यवसाय गर्न पनि सजिलो भएको छ ।

बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हँुदा उहाँले अहिले बेमौसमी उत्पादनलाई महत्व दिनुभएको छ । कृषक कार्कीको व्यवसाय देखेर गाउँघरका अन्य महिलाले पनि सिको गर्न थालेका छन् । फुर्सदको समय त्यसै दिन बिताएर बस्ने महिलालाई तरकारी खेती गरेर आम्दानी लिन उहाँ सल्लाह दिने गर्नुहुन्छ । रासस