2026-09-16 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङमा कुहिएको चामल तत्काल नष्ट गर्न आयोगको निर्देशन

जेठ ९, खोटाङ | राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ । 

उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विन्टल ९० केजी चामल कुहिएको पाइएपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले तत्काल गाडेर नष्ट गर्न निर्देशन दिएको हो । 

कुहिएर किरा परेको चामल गन्हाउन थालेकाले तत्काल नष्ट नगरे मानव स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेकाले नेपाल खाद्य संस्थान प्रधान कार्यालय काठमाडौँ, नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, लहान र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ । 

डिपोमा आव २०७१/०७२ मा स्टक गरिएको ४६ क्विन्टल ९० केजी चामलको मूल्य बजारको भन्दा महँगो भएपछि बिक्री नहुँदा गोदाममै कुहिएको हो । सुरक्षित भण्डारणको अभावमा कुहिएको चामल मानवका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गर्न निर्देशन गरिएको राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका मानवअधिकार सहायक लोकनाथ घिमिरेले बताउनुभयो । 

“कुहिएर किरा परेको चामल तत्काल जमिनमा गाड्ने व्यवस्था मिलाएर जानकारी गराउन भनेका छौँ,” उहाँले भन्नुभयो, “कुहिएको चामल पशुपक्षीलाई समेत दिन नहुने अवस्थाको भएकाले नष्ट गर्न भनेका हौँ ।” 

स्थानीय तहको मतदानपूर्वको अवस्था विषयमा अनुगमन गर्नका लागि पुगेको आयोगको टोलीले चामल सडेको गुनासो आएपछि जेठ १ गते डिपो कार्यालयको अनुगमन गरेको थियो । बिक्री नभए पनि कर्मचारीले सुरक्षित तरिकाले भण्डारण गर्नेतर्फ ध्यान नदिँदा ठूलो परिमाणको सोना मन्सुली चामल सड्न पुगेको हो । 

भूकम्प र भारतीय नाकाबन्दीका समयमा चाहिने भन्दै स्टक राखिएको चामल बजारको भन्दा महँगो हुँदा गोदाममै थन्किएको डिपो प्रमुख अनिलकुमार महतोले बताउनुभयो । सो चामलको मूल्य प्रतिकेजी रु ४४ तोकिएको थियो । केही समयपछि प्रतिकेजी रु ४२ मा झारेपनि चामल बिक्री नभएको डिपोले जनाएको छ । 

अधिकांश बोराको चामल कुहिएर डल्लो परेको, सडिएको, कालो भएको र गन्हाउने भएको नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य तथा स्थानीयवासी समिर राईले बताउनुभयो । 

“डिपोको चामल बजारको भन्दा महँगो भएपछि गत वर्ष बिक्री भएन ।” उहाँले भन्नुभयो, “तत्कालै मूल्य घटाउन सर्वदलीय बैठकले आग्रह गर्यौं, केही रुपैयाँ घट्यो पनि । तर बजारको भन्दा महँगो हुँदा बिक्री हुन नसकेको हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग