2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङमा कुहिएको चामल तत्काल नष्ट गर्न आयोगको निर्देशन

जेठ ९, खोटाङ | राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ । 

उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विन्टल ९० केजी चामल कुहिएको पाइएपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले तत्काल गाडेर नष्ट गर्न निर्देशन दिएको हो । 

कुहिएर किरा परेको चामल गन्हाउन थालेकाले तत्काल नष्ट नगरे मानव स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेकाले नेपाल खाद्य संस्थान प्रधान कार्यालय काठमाडौँ, नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, लहान र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ । 

डिपोमा आव २०७१/०७२ मा स्टक गरिएको ४६ क्विन्टल ९० केजी चामलको मूल्य बजारको भन्दा महँगो भएपछि बिक्री नहुँदा गोदाममै कुहिएको हो । सुरक्षित भण्डारणको अभावमा कुहिएको चामल मानवका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गर्न निर्देशन गरिएको राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका मानवअधिकार सहायक लोकनाथ घिमिरेले बताउनुभयो । 

“कुहिएर किरा परेको चामल तत्काल जमिनमा गाड्ने व्यवस्था मिलाएर जानकारी गराउन भनेका छौँ,” उहाँले भन्नुभयो, “कुहिएको चामल पशुपक्षीलाई समेत दिन नहुने अवस्थाको भएकाले नष्ट गर्न भनेका हौँ ।” 

स्थानीय तहको मतदानपूर्वको अवस्था विषयमा अनुगमन गर्नका लागि पुगेको आयोगको टोलीले चामल सडेको गुनासो आएपछि जेठ १ गते डिपो कार्यालयको अनुगमन गरेको थियो । बिक्री नभए पनि कर्मचारीले सुरक्षित तरिकाले भण्डारण गर्नेतर्फ ध्यान नदिँदा ठूलो परिमाणको सोना मन्सुली चामल सड्न पुगेको हो । 

भूकम्प र भारतीय नाकाबन्दीका समयमा चाहिने भन्दै स्टक राखिएको चामल बजारको भन्दा महँगो हुँदा गोदाममै थन्किएको डिपो प्रमुख अनिलकुमार महतोले बताउनुभयो । सो चामलको मूल्य प्रतिकेजी रु ४४ तोकिएको थियो । केही समयपछि प्रतिकेजी रु ४२ मा झारेपनि चामल बिक्री नभएको डिपोले जनाएको छ । 

अधिकांश बोराको चामल कुहिएर डल्लो परेको, सडिएको, कालो भएको र गन्हाउने भएको नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य तथा स्थानीयवासी समिर राईले बताउनुभयो । 

“डिपोको चामल बजारको भन्दा महँगो भएपछि गत वर्ष बिक्री भएन ।” उहाँले भन्नुभयो, “तत्कालै मूल्य घटाउन सर्वदलीय बैठकले आग्रह गर्यौं, केही रुपैयाँ घट्यो पनि । तर बजारको भन्दा महँगो हुँदा बिक्री हुन नसकेको हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द