२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अर्ग्यानिक तरकारी उत्पादनमा महिला

२०७४, २५ जेष्ठ बिहीबार ११:४७


जेठ २५, कञ्चनपुर । बेलौरी नगरपालिका–२ गोकुलपुरका महिला अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । 

एकीकृत शत्रुजीव व्यवस्थापन(आइपिएम) पाठशाला सञ्चालन्पछि मानव स्वास्थ्यका लागि लाभदायक हुने अग्र्यानिक तरकारी खेतीतर्फ महिला उन्मुख भएका हुन् । तीन महिनाको तालिमपश्चात महिलाले रासायनिक विषादी र रासायनिक मलको प्रयोग नगरिकनै घरमै तयार पारिएको जैविक मल र वनस्पतिको झोलको प्रयोग गरी लौका, फर्सी, तीतेकरेला, काँक्रा, भिन्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्न थालेका छन् । 

आइपिएम पाठशालाबाट दक्ष बनेका महिलाले घरमै उत्पादन हुने फोहरजन्य पदार्थको व्यवस्थापन गरेर र गोवरमलबाट प्राङ्गारिक मल बनाउने सीपको प्रयोग गरी तरकारीको उत्पादकत्वमा वृद्धि गरेका छन् । 

प्राङ्गारिक मलको प्रयोगले हुने फाइदा बारे स्थानीयवासीलाई सचेत गर्दै आएकाले रासायनिक मलको प्रयोग गर्दै आएका स्थानीयवासीले घरमै प्रयोग हुने मलको प्रयोग गर्न थालेको फूलबारी आइपिएम पाठशालमा सहभागि अनिता रानाले बताउनुभयो । 

“शत्रुजीवको व्यवस्थापन र मित्रजीवको संरक्षण गर्दा बालीलाई टेवा पुगेको छ”, उहाँले भन्नु भयो । 

तरकारी बालीमा लाग्ने किरा नियन्त्रण गर्न गाउँघरमै प्रशस्त पाइने वनस्पतिको झोल तयार गरी विषादीको सट्टा प्रयोग गर्न थालेकाले स्वास्थ्य र पैसाको बचत भएको उहाााको भनाइ छ । 

पाठशालाका सहभागी भागो राना बजारमा अग्र्यानिक तरकारीको मूल्य र माग बढिरहेको बताउनुहुन्छ । यहाँका महिलाले बेमौसमी र मौसमी तरकारी उत्पादन गरी वार्षिक रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् । 

महिलाले अग्र्यानिक तरिकाबाट उत्पादन गरिएको तरकारी बिक्री गर्न बेलौरी बजारमा आइपिएम अग्र्यानिक पसलसमेत सञ्चालन गरेका छन् । सो पसलबाट दैनिक दुई क्विन्टलसम्म तरकारी बिक्री हँुदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा