Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २३, सर्लाही । आकाशे पानी पर्न थालेपछी सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ भएको छ ।

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको परवानीपुर, भक्तिपुर, जानकीनगर, हरिपुर, मूर्तियालगायतका ठाउँमा रोपाइँ भैरहेको कृषि कार्यालयका प्रमुख विनोद कुमार साहले जानकारी दिनुभयो ।

सर्लाहीमा धान खेती हुने कुल ४६ हजार ६ सय हेक्टर जग्गा मध्ये आजसम्म ३५ प्रतिशत जग्गामा धान रोपाइँ भएको उहाँले जानकारी दिनुभयो। पर्याप्त पानी नपर्दा जिल्लाको दक्षिणी क्षेत्रका डुमरिया, हरकठवा, मधुवनगोठ, गोडैता, बाराउद्योरण लगायतका क्षेत्रमा भने निकै कम जग्गामा धान रोपाइँ भएको छ।