रोशन तिवारी,पर्वत

पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार भएको छ । कृषकहरुले पछिल्लो समय धान, कोदो र मकै हुने क्षेत्रमा तरकारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...     रोशन तिवारी,पर्वत

पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार भएको छ । कृषकहरुले पछिल्लो समय धान, कोदो र मकै हुने क्षेत्रमा तरकारी"/>

2026-09-16 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमा आकर्षण वढ्दो,पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार

    रोशन तिवारी,पर्वत

पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार भएको छ । कृषकहरुले पछिल्लो समय धान, कोदो र मकै हुने क्षेत्रमा तरकारी लगाउन थालेपछि खाद्यन्नको क्षेत्र घटेर तरकारीको क्षेत्र वढेको हो । आर्थिक वर्ष २०७३÷ ०७४ मा तरकारी खेती गर्ने जमिन साढे ३ प्रतिशत वढेको छ ।  अघिल्लो वर्ष ६७८ हेक्टर रहेको तरकारीको उत्पादक क्षेत्र अहिले ७ सय २० हेक्टर पुगेको कृषि कार्यालयले जनाएको छ । क्षेत्रफल वढेपछि उत्पादन र उत्पादकत्व पनि वढेको छ । पर्वतमा कृषकहरु तरकारीमा हौसिएर लागेपनि पर्वत जिल्ला तरकारीमा भने परनिर्भर नै रहेको छ । तरकारीको कुल मागको ११ प्रतिशत अझै कमी रहेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।  दैनिक ३ सय ग्राम प्रतिव्याक्ति तरकारीको माग रहेको पर्वतमा वाहिरी जिल्लावाट हुने आयातलाई प्रतिस्थापन गर्न भने अझै २ वर्षजति कुर्नुपर्ने देखिएको रेग्मीले वताउनुभयो ।

आर्थिक वर्ष २०७३÷ ०७४ मा जस्तै तरकारीको उत्पादन र उत्पादकत्व वढ्ने हो भने २ वर्षमा पर्वतलाई तरकारीमा आत्मानिर्भर वनाउन सकिने उहाँले वताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने काउली, गोलभेँडा, आलु, भिण्डी, वोडि जस्ता तरकारी वाहिरी जिल्लामा निर्यात हुने गरेको छ । रेग्मीले भन्नुभयो–‘वेमौसमी काउली, भेडे खुर्सानी र हिउँदमा अन्य जिल्लावाट आयात गर्नुपर्ने वाध्यता छ , । ‘हामीले उत्पादन गर्ने तरकारी हामी आफैँलाई पुग्दैन हामीले अझै मिहेनत गर्नुपर्छ, उहाँले भन्नुभयो ।   क्याङ, वनौँ र भोक्सिङमा यो वर्ष बर्खे आलुको उत्पादन राम्रो भएका कारण निर्यात दर वढ्ने देखिएको छ । ‘मिहेनत गर्ने भने आलुवाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने देखिएको छ, ‘अहिले वर्खे आलु साह्रै रहर लाग्दो देखिएको छ,‘रेग्मीले भन्नुभयो ।

 पर्वतमा अझै कृषिलाई व्यवसायिक वनाउन सकिएको छैन । व्यवसायिक उन्मुख ४१० जना कृषकहरु रहेका छन् ।  पर्वत जिल्ला खाद्यन्न, आलु, चालिस दिने मुला, र भक्तपुरे लोकल काक्रोमा आत्मानिर्भर रहेको छ । कृषकहरुलाई कृषि कर्ममा उत्प्रेरित गर्न कृषि कार्यालयले अनुदान, विउ विजन, ढुवानी सेवा, यान्त्रीकरणका लागि यान्त्रिक हलो, प्राविधिक सल्लाहहरु बेला बेलामा उपलब्ध गराउँदै आएको छ । प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना शुरु भएपछि कृषकहरुमा थप हौसला वढेको छ । पर्वतको कृषिलाई परम्परागत र निर्वाहमुखीवाट व्यवसायिक वनाउन हरतरहले पहल भैरहेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले वताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग