Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सप्तरीमा ३५ प्रतिशत धान रोपाइँ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन ७, सप्तरी । सप्तरी जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आकाशे पानीको अभावमा रोपाइँ कम भएको बताइएको छ । धानको रोपाइँ अहिलेसम्म पूरा हुनुपर्ने भए पनि पानीको अभावमा रोपाइँ हुन नसकेको सो कार्यालयले जनाएको छ ।<br></p><p>खासगरी सप्तरीका पूर्वी तथा उत्तरी भेगमा नहरबाट पानी उपलब्ध भएका क्षेत्रमा र अन्यमा बोरिङबाट धान रोपाइँ भएको हो । जिल्लामा ७० हजार हेक्टर जमिनमा धान उत्पादन हुने भए पनि बाढीपहिरो तथा वर्षात्को पानीको अभावले धान रोपाइँ तथा धान उत्पादनमा समस्या रहेको कार्यालयका वरिष्ठ कृषि अधिकृत भगीरथ यादवले बताए । जिल्लामा नहरबाट ४५ प्रतिशत धानको रोपाइँ हुने गरेको छ ।</p><p>यसैबीच चार हप्ता अगाडि सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट नष्ट भएको धानबालीको स्थानमा पुनः धान रोपाइँ शुरु गरिएको कृषि कार्यालयका प्राविधिकको भनाइ छ । अर्कातिर गुणस्तरीय धानको बीउ र मलको समेत समस्या हुँदै आएको किसानको गुनासो छ ।</p>