\

नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... \

नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गोबर ग्यास प्रयोगले कृषकहरुलाइ दोहोरो फाइदा

२०७४, १८ श्रावण बुधबार ११:१७

\

नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास प्रविधि सफल भएपछि कृषकहरुले ग्यास प्रयोगबाट दोहोरो फाइदा लिएक हुन् । गाँइ, भैसिको गोबरबाट ग्यास बाल्नुका साथै सोहि गोबर खेतबारीमा मलको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले कृषकहरुले दोहोरो फाइदा देखर गोबर ग्यास प्रविधि रुचाएका छन् ।     

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रको आर्थिक सहयोग र हिमालि जलविधुत् उद्यमि संघको प्राविधिक सहयोगमा उर्थुमा गोबर ग्यास बल्न शुरु भएको हो । परिक्षणका रुपमा शुरु भएको गोबर ग्यास प्रविधि हाल उर्थुका दुई घरपरिवारले प्रयोग गरीरहेका छन् । उनिहरुले प्रयोग गरीरहेको गोबर ग्यास हेर्नका लागि छरछिमेकि तथा पाहुनाहरु पनि आउने गरेका छन् । भने गाँउका अरु कृषकहरुले पनि गोबर ग्यासको माग गरेका छन् । 


उर्थुमा पहिलो पटक परीक्षणका लागि गोबर ग्यास प्रधिवि जडान गर्दा दुई वटै ग्यासको गरी करीब १ लाख ९० हजार रुपैया खर्च भएको छ । तर एउटा गोबर ग्यास जडान गर्न ३० देखि ४० हजार रुपैयासम्म लाग्ने प्राविधिक रिपोर्टले देखाएको छ । एक पटक जडान गरेको ग्यास बर्षाै बर्षसम्म नियमित प्रयोग गर्न सकिने भएकाले गोबर ग्यास ग्रामिण भेगमा उत्तम देखिन्छ ।        

ग्यास प्रयोग गरीरहनु भएका कृषक दल बहादुर बुढ्थापाले भन्नुभयो, गाँउघरका कम आयस्रोत भएका ब्यक्तिहरुका लागि गोबर ग्यास अत्यत्तै उपयोगि छ । पैसाको पनि बचत हुनुका साथै घर सरसफाइमा पनि जोड पुग्ने उहाको भनाइ छ । उहाँले भन्नुभयो, गोबर ग्यास बाल्न शुरु गरेपछि दाउराको पनि बचत भयो । खाना पकाउन पनि सहज र छिटो हुन्छ । भाँडा तथा घरमा धुलो धुँवा लाग्दैन । यसले परिवारको स्वाथ्यमा पनि सुधार आएको उहाको बुझाइ छ । 


अर्का कृषक गोर्ख बहादुर कठायतले भन्नुभयो, दिनमा ५ देखि १० केजिसम्म गोबर हाल्दा एक दिनका लागि बिहान, बेलुका र दिउसो खाना नास्ता बनाउन सकिन्छ । ग्यासमा प्रयोग गरेको मल तरकारी तथा अन्य बालिमा हाल्ने गरेका छौ । गोबर ग्यास प्रयोग गर्न थालेपछि घरमा बनबाट दाउरा ल्याउनुपर्ने समस्या कम हुदै गएको उहाको भनाइ छ । भने गर्भवति महिला तथा बालबालिकाको लागि सहज भएको छ । 

गोबर ग्यास प्रविधि सफल भएपछि गाँउका अन्य कृषकहरुले पनि ग्यास जडान गर्ने सोच गरेका छन् । कृषकहरुले गोबर ग्यास जडान गर्नका लागि घरमा प्रयाप्त मात्रामा गाँइ, भैसि रहेकोले गोबरको समस्या नहुने बताएका छन् ।          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी