\

नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... \

नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गोबर ग्यास प्रयोगले कृषकहरुलाइ दोहोरो फाइदा

१८ श्रावण २०७४, बुधबार ११:१७

\

नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास प्रविधि सफल भएपछि कृषकहरुले ग्यास प्रयोगबाट दोहोरो फाइदा लिएक हुन् । गाँइ, भैसिको गोबरबाट ग्यास बाल्नुका साथै सोहि गोबर खेतबारीमा मलको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले कृषकहरुले दोहोरो फाइदा देखर गोबर ग्यास प्रविधि रुचाएका छन् ।     

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रको आर्थिक सहयोग र हिमालि जलविधुत् उद्यमि संघको प्राविधिक सहयोगमा उर्थुमा गोबर ग्यास बल्न शुरु भएको हो । परिक्षणका रुपमा शुरु भएको गोबर ग्यास प्रविधि हाल उर्थुका दुई घरपरिवारले प्रयोग गरीरहेका छन् । उनिहरुले प्रयोग गरीरहेको गोबर ग्यास हेर्नका लागि छरछिमेकि तथा पाहुनाहरु पनि आउने गरेका छन् । भने गाँउका अरु कृषकहरुले पनि गोबर ग्यासको माग गरेका छन् । 


उर्थुमा पहिलो पटक परीक्षणका लागि गोबर ग्यास प्रधिवि जडान गर्दा दुई वटै ग्यासको गरी करीब १ लाख ९० हजार रुपैया खर्च भएको छ । तर एउटा गोबर ग्यास जडान गर्न ३० देखि ४० हजार रुपैयासम्म लाग्ने प्राविधिक रिपोर्टले देखाएको छ । एक पटक जडान गरेको ग्यास बर्षाै बर्षसम्म नियमित प्रयोग गर्न सकिने भएकाले गोबर ग्यास ग्रामिण भेगमा उत्तम देखिन्छ ।        

ग्यास प्रयोग गरीरहनु भएका कृषक दल बहादुर बुढ्थापाले भन्नुभयो, गाँउघरका कम आयस्रोत भएका ब्यक्तिहरुका लागि गोबर ग्यास अत्यत्तै उपयोगि छ । पैसाको पनि बचत हुनुका साथै घर सरसफाइमा पनि जोड पुग्ने उहाको भनाइ छ । उहाँले भन्नुभयो, गोबर ग्यास बाल्न शुरु गरेपछि दाउराको पनि बचत भयो । खाना पकाउन पनि सहज र छिटो हुन्छ । भाँडा तथा घरमा धुलो धुँवा लाग्दैन । यसले परिवारको स्वाथ्यमा पनि सुधार आएको उहाको बुझाइ छ । 


अर्का कृषक गोर्ख बहादुर कठायतले भन्नुभयो, दिनमा ५ देखि १० केजिसम्म गोबर हाल्दा एक दिनका लागि बिहान, बेलुका र दिउसो खाना नास्ता बनाउन सकिन्छ । ग्यासमा प्रयोग गरेको मल तरकारी तथा अन्य बालिमा हाल्ने गरेका छौ । गोबर ग्यास प्रयोग गर्न थालेपछि घरमा बनबाट दाउरा ल्याउनुपर्ने समस्या कम हुदै गएको उहाको भनाइ छ । भने गर्भवति महिला तथा बालबालिकाको लागि सहज भएको छ । 

गोबर ग्यास प्रविधि सफल भएपछि गाँउका अन्य कृषकहरुले पनि ग्यास जडान गर्ने सोच गरेका छन् । कृषकहरुले गोबर ग्यास जडान गर्नका लागि घरमा प्रयाप्त मात्रामा गाँइ, भैसि रहेकोले गोबरको समस्या नहुने बताएका छन् ।          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो