2026-09-15 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा कृषि भण्डार गृह निर्माण

भदौ २२, दाङ । यहाँको राप्ती गाउँपालिकाका किसानलाई अब खाद्यान्न बिक्री तथा मलखाद, कृषि औजार र बिउबिजन किन्नका लागि बजार बजार धाउन नपर्ने भएको छ । 

राप्ती गाउँपालिका–२ लालमटियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा कृषि भण्डार गृहको निर्माण भएपछि किसानलाई खाद्यान्न बिक्री तथा बिउबिजन, कृषि औजार र मलखादका लागि बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको रु २६ लाख ४१ हजार र रु चार लाख ७८ हजार बराबरको जनश्रमदानबाट उक्त कृषि भण्डार गृह निर्माण भएको हो । 

नवनिर्मित कृषि भण्डार गृहबाट अब किसानको खाद्यान्न तथा बिउबिजन भण्डारण तथा बिक्री गर्ने, प्रजनन बिउ र मूल बिउ उपलब्ध गराउने, कृषि औजार सुपथ मूल्यमा उपलब्ध गराउने, मलखाद वितरण गर्ने र प्राविधिक सेवासमेत दिने सुपरजोन, लालमटियाका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो । 

नवनिर्मित कृषि भण्डार गृहको उद्घाटन बुधबार गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ