2026-06-27 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा कुखुरा फार्मबाट मनग्य आम्दानी

2017-09-22

असोज ६, कञ्चनपुर। बैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका–६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

फार्ममा रानाले ब्वायलर कुखुरापालन गर्दै आउनुभएको छ । रु चार लाख ५० हजार बैंकबाट कर्जा लिई उहाँले कुखुरापालन गर्दै आउनुभएको छ । रानाले डेढ वर्षको अवधिमै रु सात लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभएको छ । 

उहाँले दाना र औषधि खर्च कटाएर प्रतिलटमा रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । “कुखुरा फार्मको व्यवस्थापन गर्न सके आम्दानी चाहे जस्तै लिन सकिन्छ”, उहाँले भन्नुभयो । बैंकबाट लिएको कर्जा पहिलो वर्षमै चुक्ता गरी आम्दानीको बाँकी रकम परिचालन गरी कुखुरापालन गर्दैआएको रानाले बताउनुभयो । स्थानीय बजारमै कुखुराको अधिक माग भएकाले फार्मबाटै कुखुरा बिक्री हुन्छ । “कुखुरा बिक्री गर्न बजार चाहार्दै हिँड्नु परेको छैन,” उहाँले भन्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी