२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा शीतलचिनीको व्यावसायिक खेती शुरु

८ आश्विन २०७४, आईतवार ०९:०४

असोज ८, पर्वत। मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्व र ४६ किसिमका एन्टीअक्सिडेन्ट पाइने मोरिंगा (शीतलचिनी)को खेती जिल्लामा व्यावसायिकरुपमा शुरु गरिएको छ । 

नेपालमा अपहेलित बालीका रुपमा तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने उक्त बाली गत वर्षदेखि फलेवास नगरपालिका वडा नं ४ मुडिकुवा, वडा नं ५ देविस्थान लगायतका स्थानमा शुरु गरिएको हो । मोरिंगा खानुका साथै यसबाट औषधिसमेत बनाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका नामले चिनिने यो बाली जिल्लामा भने शीतलचिनीको नामले प्रख्यात छ । 

कृषि विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार तराईका १३ जिल्लामा ६७ हेक्टरमा भएको मोरिंगाको जम्मा वार्षिक उत्पादन ५५४ मेट्रिक टन छ । नेपालमा मोरिंगा खेतीको अवस्था मोरिंगाको कलिलो कोसा बजारमा राम्ररी बिक्री भएपनि अन्य भागमा यसको उपयोगिताबारे आम उपभोक्ता र कृषक अझै पनि अनभिज्ञ छन् । 

शीतलचिनीको फल मानिस, पशु र बालीनालीका लागिसमेत पोषणयुक्त रहेको र रोग किरा पनि खासै नलाग्ने भएकाले व्यावसायिक उत्पादनका लागि धेरै सम्भावना रहेको हुँदा यसको खेती शुरु गरिएको पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसाल उल्लेख गर्नुहुन्छ । अहिले पर्वतमा शीतलचिनीका करिव ५०० बोट रहेका र तिनले आम्दानी दिन थालेको उहाँ बताउनुुहन्छ । अमेरिकन स्वयंसेवी म्याक्स मिलरको सहयोगमा यो खेती विस्तार गरिएको हो । 

पर्याप्त प्रचारप्रसार र यो बालीका बारेमा कृषक अनविज्ञ हुँदा अपेक्षितरुपमा कृषकको आकर्षण बढ्न नसकेको उहाँको भनाइ छ । 

मोरिंगा ५–१२ मिटर अग्लो छाताजस्तो आकारको बोट हुने र यसको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानीपर्ने ठाउँमा समेत यसलाई लगाउन सकिने स्वयंसेवी मिलरको भनाइ छ । 

अहिले हरियो कोशा मूल्यप्रति किलोग्राम रु ४०० र पातको धुलो प्रतिकिलोग्राम रु ५०० मा बिक्री हुँदै आएको उहाँले बताउनुभयो । यसको सघनरुपमा खेती गरिएको अवस्थामा प्रतिबिगाह १२ देखि १५ टन कोसा उत्पादन लिन सकिने भएकाले यसको व्यावसायिक उत्पादनतर्फ राज्यले ध्यान दिनुपर्नेमा स्वयंसेवी मिलर जोड दिनुहुन्छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल