2026-06-27 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँचीको मूल्य नपाएपछि धनकुटाका किसान निराश

2017-09-25

असोज ९, धनकुटा। अलैँची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ । 

यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ । विगत वर्षमा प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलँैची हाल प्रतिमन रु ३० हजारदेखि रु ३२ हजारमा बिक्री भइरहेको छ । 

मनग्य आम्दानी हुने देखेर अन्य खेती छोडेर अलैँंची उत्पादनमा लाग्नुभएका महालक्ष्मी नगरका चेतन कार्की मूल्यमा कमी आएपछि निराश बनेका छन् । मूल्यमा अत्यधिक कमी आएपछि थापा र कार्कीजस्तै जिल्लाका ३०० भन्दा बढी किसानले उत्पादन गरेको अलैंँची अहिले घरमै थन्किएको छ । 

विसं २०३७ देखि सामान्य अलैँंचीखेतीमा लाग्नुभएका जिल्लाका किसानले व्यावसायिकरुपमा २०५० देखि यसको खेती शुरु गरेको कार्कीले बताउनुभयो । महालक्ष्मी नगरपालिकाका लेकाली क्षेत्रका जंगलमा अलैँचीखेती पर्याप्तरुपमा गरिँदै आएको छ । अहिले घरको करेसाबारीदेखि रसिला पाखा, खोल्सा अलैंँचीले ढाकेको छ । अलँैंचीको उत्पादन पर्याप्त भएपनि किसानले उचित मूल्य भने पाउन सकेका छैनन् । 

“खेताला खर्च उठाउन निकै कठिन भएको छ,” पाख्रिबास नगरपालिका–२ का ठगेन्द्रबहादुर अधिकारीले भन्नुभयो । केही वर्षयता अत्यधिक खडेरी र विभिन्न प्रकोपका कारण बगान नै सखाप भएको थियो । गत वर्ष रोग किराको संक्रमणसँगै लामो खडेरी व्यहोरेका किसान उत्पादन न्यून भए पनि उचित मूल्य पाएर आम्दानीमा वृद्धि भएपछि उत्साहित बनेका थिए । किसान थप अलैँंचीखेती विस्तारमा लागेका थिए । 

कालो सुनको रुपमा रहेको आम्दानीको मुख्य स्रोत मानिएको अलँैचीको गत वर्ष जिल्लामा रु ३० करोडभन्दा बढीको कारोबार भएको थियो । जिल्लाको २३० हेक्टर जमिनमा लगाइएको अलँैची खेतीबाट १३४ मेक्ट्रिक टनभन्दा बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । 

जिल्लाको पाख्रिबास, महालक्ष्मी, धनकुटा नगरपालिका, छथरजोरपाटी र सागुरीगढी गाउँपालिका क्षेत्र अलैँची उत्पादनको पकेट क्षेत्र हुन् । सिँचाइ अभाव, रोग किरा संक्रमण व्यहोरेका किसान पुनः उत्पादन बढे पनि मूल्य नपाएपछि निराश बनेका छन् । रामसाही, गोलसाही र स्थानीय उन्नत जातका अलैँचीको बिरुवाबाट पर्याप्त आम्दानी हुने गरेको साँगुरीगढी गाउँपालिकाका रामबहादुर राईले बताउनुभयो । 

“चार वर्ष अन्योल भयो, गानो कुहिने, डाँठ कुहिने, छिर्केफुर्केलगायत रोगले अलैँचीखतीमा ह्रास आएको छ,” जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले भन्नुभयो । पूर्वी पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा रहेको अलैँची तराईका जिल्ला तथा भारत, चीन, बंगलादेशलगायत मुलुकमा निकासी हुने गरेको थियो ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी