पढ्न करिब 2 मिनेट लाग्छ

सास । असोज १०, बर्दिया ।

निकै हसिलो मुद्रामा जालो खेलाउँदै खेतको वारीसम्म आइपुगेका पुगेका मोहम्मद कलिम र सहाबुद्धिनले जब माछाको झुन्डलाइ जालमा पारे तब मख्ख पर्दै भने, ‘विन पैसाके काम’ अनि माछा झार्न थाले ।

हालै गएको बाढीको डुवानमा परेको गुलरीया नगरपालिका वडा नं. ११ महमदपुरका यी दुइ स्थानीय कृषक सोमबार सबै धानबाली बगेर ताल परेको लालपुर फाँटमा माछा मार्न ब्यस्त थिए ।

असोज महिना धानका बाला झुलेर काट्न ठिक्क पर्ने समय हो तर यस स्थानमा भने धान भर्खरै झाङ्गीदै छन् । इट्टा भट्टालाई माटो काटेर बिक्री गरेपछि धान लगाएको खेतमा बाढीले पारेको खाडलबाट माछालाई जालमा पारेपछि मोहम्मद कालिमले यसमा त एक हजारदेखि पन्ध्र सय जति माछा छन् भन्दै समेल्न थाल्छन् ।

बाढीले धानबाली धेरै क्षती पुर्याएको यस स्थानका फाँटमा गाइ भैँसी चराउने तथा बाढीले धान बगाएपछि बनेका यस्तै तलाउमा माछा मार्न ब्यस्त छन् केहीकृषकहरु ।

नजिकै रहेका केही खेतमा हरियाली देखिन्थ्यो भने केहीमा भने धाँजा फाटेर धान सुकेको र बाढीले बगाएर ल्याएको पाँगो माटो भरिएर धान पुरेको अवस्था छ ।

कतै बाढीपछी यसरी सप्रेको छ धानखेती ..

भिडियो हेर्नुहोस् …