पढ्न करिब 2 मिनेट लाग्छ

रोशन तिवारी/कुश्मा । यहाँका एक कृषकको घरमा लगाएको घिरौलाको झालमा एउटै घिरौला दश किलोग्रामको फलेपछि स्थानिय दंग परेका छन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका–७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको वारीमा १० किलाकोे घिरौँला फलेको हो । साधारणतया एउटा घिरौँला १ देखि डेढ किलो सम्मको हुने गर्छ तर पौडेलको वारीमा १० किलोको घिरौँला फलेपछि धेरैजना अचम्मित भएका छन् ।

पौडेलले भने, ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, ‘यत्रो घिरौँला अहिले सम्म फलेको थिएन ।’ जेठमा रोपेको झालमा यो मात्रै हैन अरु पनि यस्तै ठुला ठुला आकारका घिरौँला फलेको उनले बताए । उनले यो घिरौँला विऊको प्रयोजनका लागि वचाईराखेको वताए । ‘तराजु ल्याएर जोखेको ठयाक्कै १० किलोको रहेछ, पौडेलले भने, ‘ तिन हात लामो छ ।’

वतिलो लाग्दै लामो रहेको वताउँदै पौडेलले वढ्दै जाँदा झण्डै डेढ मिटर लामो भएको उनले वताए । अस्वभाविक ठुलो घिरौँला फलेपछि उनको वारीमा हेर्न आउनेहरुको भिड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौषिएर वढेको कृषि प्राविधिकहरुले वताएका छन् ।

कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने,‘ मलिलो जग्गा, नियमित गोडमेल र सिँचाईको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुनसक्छ ।’ उनले पनि यत्रो ठुलो घिरौँला फलेको अहिलेसम्म नदेखेको वताए ।