Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीमा स्याउको व्यापार किन घट्यो ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २, गुल्मी । गुल्मी र बागलङको संगमस्थल ग्वालिचौर खार बजारमा पाँच दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउले उचित मूल्य नपाउँदा व्यापार घटेको छ ।

गत वर्षको न्वागी मेलामा झण्डै चार क्विन्टल ढोरपाटनको स्याउ बिक्री भएको थियो । मूल्य घटाएर भए पनि झण्डै तीन क्विन्टल स्याउ प्रतिकिलो रु १२० का दरले बिक्री गरेको निसिखोला गाउँपालिका– ५ निसिढोरपाटनका स्याउ व्यापारी जुमबहादुर बुढाथोकीले बताउनुभयो ।

“विकट गाउँमा उत्पादन गरेको स्याउको उचित बजारीकरण हुन सकेको छैन, स्याउखेतीबारे तालीम नहुँदा समस्या भइरहेको छ,” उहाँले भन्नभयो ।

स्याउखेती गर्न प्राविधिक र अनुगमन निरीक्षण गरिदिने तथा स्याउका बारेमा बेला÷बेलामा तालीमको व्यवस्था गरी बिरुवा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराइदिए स्याउ उत्पादनमा वृद्धि हुनुका साथै स्याउखेतीतर्फ किसानको आर्कषण बढ्ने बुढाथोकीको भनाइ छ । रासस