2026-09-15 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा भेडापालन व्यवसाय संकटमा

माघ ४, कंचनपुर | चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ । 

खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन् । 

निकुञ्ज र सामुदायिक वनले चउरको संरक्षण गरी वृक्षरोपण गरेपछि भेडा चराउने कार्य पूर्णरुपमा बन्द भएको छ । भारतीय बजारमा भेडाको ऊन र मासु विगतमा निर्यात हुँदै आएको भए पनि हाल भेडापालन व्यवसाय खस्किँदै गएकाले व्यापारमा निकै कमी आएको छ । 

विशेष थारु समुदायले भेडापालनलाई बढी जोड दिएको पाइन्छ । पिपलाडीका कल्छु चौधरीका अनुसार पहिले थारु समुदायका एउटै परिवारले २०० देखि ५०० सम्म भेडा पाल्ने गरेका थिए । उपयुक्त वातावरण नहँुदा देउतालाई चढाउनका लागि मात्र भेडापालन गर्ने चलन छ । हाल भेडापालन गर्दैआएका परिवारसँग मुस्किलले चारदेखि छवटासम्म भेडा रहेका छन् । 

भेडाको ऊन भारतीय व्यापारीले घरमै आएर लैजाने गरेका छन् । विगतमा भेडापालनमा लागेका परिवारले वार्षिकरुपमा रु ३० हजारदेखि रु ७० हजारसम्म कमाउने गर्दथे । स्थानीयवासी वीरबहादुर चौधरीले भन्नुभयो, “भेडाको संख्या घट्दै गएकाले भारतीय व्यापारी नआउँदा निकालिएको ऊनसमेत घरमै थन्क्याउन बाध्य छौँ ।” भेडाको मासुको मूल्य कम पाउँदा भेडापालन व्यवसाय छाडेर अन्य व्यवसाय अपनाउन थालेको उहाँको भनाइ छ । 

चरन क्षेत्र पर्याप्त नहुँदा भेडापालन व्यवसाय संकटमा परेको छ । भेडापालन व्यवसायले फड्को मार्न नसकेको पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताउनुभयो । सरकारी तवरबाट भेडापालनका लागि कुनै ठोस कार्यक्रम नल्याउनु र भेडाको मासु आम उपभोक्ताले नरुचाउने जस्ता कारणले समेत व्यवसाय संकटमा परेको हो । गत वर्ष भेडाको संख्या करिब आठ हजार रहेकोमा हाल उक्त संख्या घटेर छ हजार पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ