2026-09-16 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

व्यावसायिक कफी खेतीतर्फ आकर्षित बन्दै किसान

लक्ष्मीप्रसाद सापकोटा /माघ ७, पर्वत | यहाँको एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । फलेवास नगरपालिका– ९ भङगाराका कृषकले विगत चार वर्षदेखि व्यावसायिक रूप दिन थालेका हुन् । 

खेतबारीमा अन्नबाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले हैरान परेपछि यहाँका अधिकांश कृषक व्यावसायिक कफीखेती शुरुवात गरेका हुन् । गाउँका ११६ कृषकले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । 

कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ कृषकको मोह बढेर गएको स्थानीय कृषक चन्द्रबहादुर थापाले बताउनुभयो । 

“मकै, गहुँ, धानजस्ता बालीनाली लगाएदेखि बाँदरले हैरानै पार्छ, गाउँमा जनशक्ति पनि पाइदैन बरु कफी लगाए वर्षको एक पटक टिप्न सहज हुन्छ ।” उहाँले भन्नुभयो, “आफूले मात्रै झण्डै १५ रोपनी जमिनमा कफी रोपेको र यस वर्षदेखि केही बोटमा फल समेत लागेको छ । ” 

कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकले भङगरा कफी सहकारी संस्था समेत खोलेका छन् । यो सहकारीमा ११६ स्थानीय कृषक आवद्ध छन् । उनीहरुमध्ये अधिकांशले एकसय भन्दा बढीको संख्यामा कफी रोपेका छन् भने केहीले थोरै मात्रामा लगाएको कृषक थापाले जानकारी दिनुभयो । 

वन जंगलको आडैमा रहेको प्रशस्त खाली जमिन छ । त्यहाँ विगत तीन वर्षअघि लगाएका कफीका बिरुवा हराभरा हुनथालेका छन् सहकारीका अध्यक्ष टीकाराम भुसालले भन्नुभयो–“यसलाई गाउँभर विस्तार गर्ने योजना छ । कफीको मूल्य बजारमा समेत राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले कृषकले अन्य पेशा छाडेर यसतर्फ लागेको उहाँले बताउनुभयो । 

स्थानीयवासीले सहकारीमार्फत कफी मात्र हैन कुखुरापालन, बाख्रापालन र मौरीपालनजस्ता व्यवसाय समेत शुरु गरेका छन् । 

मेहेनत र परिश्रम गर्ने हो भने गाउँमै बसेर पनि प्रशस्त कमाइ गर्न सकिदोरहेछ भन्ने उदाहरण देखाउन गाउँले सक्रिय भएर लागेको भुसालले बताउनुभयो । उनीहरुले कफी सँगसँगै अलैँचीखेती समेत गरेका छन् । यसबाट दोहोरो आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो । 

कफी खेतीको शुरुवातसँगै कफी संकलन केन्द्र समेत निर्माण गर्न लागिएको छ । स्थानीय गैरसरकारी संस्था सोर्डेक नेपालद्वारा संचालित गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कफी संकलनका लागि दुई कोठे भवन निर्माण शुरु गरिएको हो । करिब रु १५ लाखको लागतका भूकम्प प्रतिरोधी संकलन केन्द्रको गत महिनादेखि निर्माण कार्य शुरु भएको सोर्डेक नेपालका कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिनुभयो । 

कृषकले उत्पादन गरेको कफी, अलैची, तरकारी, मह, खसीबोका संकलन गर्ने र एकिकृत रुपमा बजारमा पठाउने उद्देश्यले संकलन केन्द्र निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । संकलन केन्द्र बनेपछि कृषकलाई बजारको समस्या हुँदैन । उनीहरुले उत्पादन गरेका सबै बस्तु संकलन गरेर सहकारीमार्फत बिक्री गर्नका लागि बजार पठाइने उहाँले बताउनुभयो । सबै कृषकले लगाएको कफी खेतीले पूर्ण रुपमा उत्पादन दिन थालेपछि वार्षिक एक करोड भन्दा बढी आम्दानी लिन सकिने रिजालले जानकारी दिनुभयो । 

कृषकको सुविधालाई दृष्टिगत गरी संस्थाले रु ६ लाख सहयोग गरेको छ भने बाँकी रकम सहकारी र स्थानीय कृषकको सहयोगमा जग्गा व्यवस्थापन गरेर पक्की भवन निर्माण गर्न लागिएको बताइएको छ । सिँचाइ र हावापानीका दृष्टिकोणले कफी, अलँैची र अन्य तरकारी खेतीबाट राम्रो उत्पादन लिन सकिने भएकाले पछिल्लो समय यहाँका कृषकले आफ्ना उत्पादनलाई व्यावसायिक रुप दिन थालेका हुन्् । 

कृषि क्षेत्रमा पछिल्लो समय फलेवास नगरपालिकाका अधिकांश वडाका बासिन्दा सक्रिय हुन थालेको बताउँदै व्यावसायिक रुपमा लाग्ने कृषकलाई नगरपालिकाले विभिन्न अनुदान र प्रोत्साहनमूलक कार्यक्रम ल्याएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल