४ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जैविक तरकारी खेतीतर्फ बर्दियाका किसान आकर्षित

८ माघ २०७४, सोमबार ०७:३४

माघ ८, बर्दिया । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् । 

सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्री हुने गरेको सतखलुवा होमस्टे आर्गानिक कृषि समूहकी अध्यक्ष विमला पाण्डेले बताउनुभयो । 

अध्यक्ष पाण्डेका अनुसार केराउ, भटमास, धनियाँ, काउली, बन्दा, आलु, काँक्रो, भिन्डी, बैगन, करेला, प्याज, गोलभेँडा, गाजर, मुला, पालुङ्गो, लसुन, ब्रोकाउलीलगायत तरकारी खेती जैविक विधिबाट उत्पादन गरिँदै आएको छ । 

बाँकेको नेपालगञ्जबाट एक घण्टा तथा बर्दिया सदरमुकाम गुलरिया र बाँकेको कोहलपुर चौराहबाट आधा घण्टा तथा पूर्र्वपश्चिम राजमार्गको बैदीचोकबाट पाँच किलोमिटर उत्तरतर्फ सतखलुवा होमस्टे रहेको छ । 

यहाँ आउने पाहुनाका लागि स्थानीय कृषकले जैविक प्रविधिबाट तरकारी खेती गर्ने लक्ष्य लिएपछि बार बर्दिया नगरपालिकाले उनीहरुलाई आवश्यक तालीम र उत्पादन सामग्रीसमेत प्रदान गरेको छ । 

पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्दै सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादन गर्ने लक्ष्यका लिएका खैरेनीगाउँका कृषकको मागलाई ध्यान दिँदै बारबर्दिया नगरपालिकाले उनीहरुलाई तालीम, प्राविधिक सहयोग र उत्पादन सामग्री प्रदान गरेको हो । 

नगरपालिकाको आर्थिक विकास शाखाले स्वरोजगार कार्यक्रमअन्तर्गत बारबर्दिया–९ खैरेनी होमस्टे गाउँका २४ जना किसानलाई जैविक तरकारी खेती प्रविधिसम्बन्धी तालीम, १० जना किसानलाई टनेल बनाउन प्लास्टिक, बीउ, ड्रम र हजारीसमेत उपलब्ध गराएको नगर प्रवक्ता दुर्गाबहादुर विकले बताउनुभयो । 

बार बर्दिया नगरपालिका कृषि शाखाका प्रमुख जयबहादुर महताराले जैविक खेतीअन्तर्गत कृषिजन्य उत्पादनका लागि परिणाममा जमिनको उर्वराशक्तिमा ह्रास ल्याउने रासायनिक मल तथा कीटनाशक विषादीको प्रयोग गर्नुको साटो प्राकृतिक साधनकै प्रयोग गर्ने गरिन्छ । 

अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग गर्दा प्रारम्भमा उत्पादन पनि बढी नै हुन्छ । तर समयक्रमसँगै जमिनको उर्वराशक्ति घट्दै जाने र अन्ततः केही पनि नउब्जने स्थिति आउँछ । 

जैविक खेतीले सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादनमा सहयोग गर्नुका साथै पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्न सहयोग पुग्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ बुढीगण्डकी किनारमा एक वृद्धको शव फेला क्यानडा र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको… बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज ‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ? पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली, एक युवक गम्भीर घाइते  च्याउ खाँदा बिरामी परेका १० मध्ये एकको मृत्यु, एक गम्भीर नयाँ सरकार गठन हुने भ्रममा पर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे दुगडका कम्पनीले कर नतिरेको सूचना निकालेकै दिन ओलीविरुद्ध रावलका ५ आरोप फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ