2026-06-25 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जैविक तरकारी खेतीतर्फ बर्दियाका किसान आकर्षित

2018-01-22

माघ ८, बर्दिया । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् । 

सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्री हुने गरेको सतखलुवा होमस्टे आर्गानिक कृषि समूहकी अध्यक्ष विमला पाण्डेले बताउनुभयो । 

अध्यक्ष पाण्डेका अनुसार केराउ, भटमास, धनियाँ, काउली, बन्दा, आलु, काँक्रो, भिन्डी, बैगन, करेला, प्याज, गोलभेँडा, गाजर, मुला, पालुङ्गो, लसुन, ब्रोकाउलीलगायत तरकारी खेती जैविक विधिबाट उत्पादन गरिँदै आएको छ । 

बाँकेको नेपालगञ्जबाट एक घण्टा तथा बर्दिया सदरमुकाम गुलरिया र बाँकेको कोहलपुर चौराहबाट आधा घण्टा तथा पूर्र्वपश्चिम राजमार्गको बैदीचोकबाट पाँच किलोमिटर उत्तरतर्फ सतखलुवा होमस्टे रहेको छ । 

यहाँ आउने पाहुनाका लागि स्थानीय कृषकले जैविक प्रविधिबाट तरकारी खेती गर्ने लक्ष्य लिएपछि बार बर्दिया नगरपालिकाले उनीहरुलाई आवश्यक तालीम र उत्पादन सामग्रीसमेत प्रदान गरेको छ । 

पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्दै सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादन गर्ने लक्ष्यका लिएका खैरेनीगाउँका कृषकको मागलाई ध्यान दिँदै बारबर्दिया नगरपालिकाले उनीहरुलाई तालीम, प्राविधिक सहयोग र उत्पादन सामग्री प्रदान गरेको हो । 

नगरपालिकाको आर्थिक विकास शाखाले स्वरोजगार कार्यक्रमअन्तर्गत बारबर्दिया–९ खैरेनी होमस्टे गाउँका २४ जना किसानलाई जैविक तरकारी खेती प्रविधिसम्बन्धी तालीम, १० जना किसानलाई टनेल बनाउन प्लास्टिक, बीउ, ड्रम र हजारीसमेत उपलब्ध गराएको नगर प्रवक्ता दुर्गाबहादुर विकले बताउनुभयो । 

बार बर्दिया नगरपालिका कृषि शाखाका प्रमुख जयबहादुर महताराले जैविक खेतीअन्तर्गत कृषिजन्य उत्पादनका लागि परिणाममा जमिनको उर्वराशक्तिमा ह्रास ल्याउने रासायनिक मल तथा कीटनाशक विषादीको प्रयोग गर्नुको साटो प्राकृतिक साधनकै प्रयोग गर्ने गरिन्छ । 

अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग गर्दा प्रारम्भमा उत्पादन पनि बढी नै हुन्छ । तर समयक्रमसँगै जमिनको उर्वराशक्ति घट्दै जाने र अन्ततः केही पनि नउब्जने स्थिति आउँछ । 

जैविक खेतीले सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादनमा सहयोग गर्नुका साथै पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्न सहयोग पुग्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ