2026-09-14 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाकेमा धान उत्पादनमा बृद्दि

माघ ९, बाँके |  जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयकाअनुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान उत्पादन भएको छ । 

कृषि विकास कार्यालयका सूचना अधिकारी धनबहादुर पुनका अनुसार जिल्लामा राधा–४ धान (मोटो) र रामधान (मसिनो) को खेती बढी मात्रामा गरिन्छ । यस बाहेक हाइब्रेड धान, श्यामा मन्सुली धान, काला नमकलगायत जातको धानखेती गरिन्छ । 

शीतभण्डार निर्माण गरिँदै 

जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगञ्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा उक्त शीतभण्डार निर्माण शुरु गरेको हो । 

करिब १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुनबाट सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले बताउनुभयो । नेपालगञ्जबाट करिब पाँच किलोमिटर पश्चिमतर्फ गुलरिया सडकअन्तर्गत खजुरा नजिक दुई बिगाहा जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । विसं २०७१ वैशाखदेखि शीतभण्डार निर्माण शुरु गरिएको हो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ