2026-09-14 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाईपालनबाट लाखौ आम्दानी

माघ १०, पाल्पा | माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ । 

एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ । गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् । 

दूध बिक्रीबाट प्रतिपरिवारले मासिक रु ३० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला पशुसेवा कार्यालयले दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट उत्साहित भई कृषकले व्यावसायिक प्रणालीबाट गाईपालन व्यवसाय शुरु गरेका हुन् । 

कृषकलाई व्यावसायिक पशुपालनमा आकर्षित गराउन पशुसेवा कार्यालयले यहाँ २०६७ मा डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियान शुरु गरेको हो । सो कार्यक्रमका लागि कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत एक घरपरिवारलाई रु दुई हजार पाँच सय र गाई ढुवानी खर्चबापत रु एक हजार अनुदान रकम सहयोग गरेको पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताउनुभयो । 

उक्त क्षेत्रबाट दैनिकजसो ५०० लिटरभन्दा बढी दूध बजारमा खपत हुँदै आएको छ । दूध बिक्री गर्न थालेपछि यहाँका कृषकको दैनिकी फेरिँदै गएको छ । जीवलाल अर्यालले विदेशबाट फर्केर गाईपालन व्यवसायबाट अहिले मासिक रु एक लाखको हाराहारीमा कमाइ गर्नुहुन्छ । उहाँले सातवटा गाईबाट दैनिक ८० लिटर दूध बिक्री गर्नुहुन्छ । 

त्यस्तै यमबहादुर रिजालले दैनिक ५० लिटर दूध बिक्री गरेर मासिक रु ८० हजार आम्दानी गर्दैआउनुभएको छ । उहाँले पनि विदेशबाट फर्केलगत्तै सो व्यवसाय शुरु गर्नुभएको हो । 

दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन र घरखर्च चलाउन सजिलो भएको कृषक कृष्ण भट्टराई बताउनुहुन्छ । उहाँले दैनिक छवटा गाईबाट ८० लिटर दूध बिक्री गर्नुहुन्छ । एक महिनामा दूध बिक्रीबाट रु एक लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताउनुभयो । 

पहिले यहाँका कृषक अन्नबाली, गेडागुडी लगाएर सामान्यरुपमा जीवन गुजारा गर्न बाध्य थिए । अहिले दूध बिक्रीबाट नसोचेको आम्दानी भित्र्दै जाँदा कृषक आफैँ दंग छन् । कृषकको सहजता र व्यवसायमा हौसला बढाउन डुम्रे दुग्ध उत्पादक सहकारीले घरदैलोमै पुगेर दूध खरिद गरेपछि कृषकलाई दूध बिक्री गर्न सहज भएको छ ।  रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ