2026-06-25 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

2018-01-25

माघ ११, पाल्पा | रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उहाँकै भरमा चलेको छ । उहाँ सुन्न र बोल्न सक्नुहुन्न तर पनि उहाँले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । 

शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उहाँले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आउनुभएको छ । उहाँ तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिनुहुन्छ । डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता आश्चर्यचकित पार्नेखालको छ । 

डोटेलले तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गर्नुभएको छ । तरकारी खेतीका अलवा अहिले उहाँले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पाल्दै आउनुभएको छ । डोटेलले अहिले दैनिक २० लिटर दूध बिक्री गर्नुहुन्छ । उहाँले वार्षिक रु चार लाखसम्म आम्दानी गर्नुहुन्छ । 

साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाउनुभएको छ । छोराको व्यवसायबाट आमा भगवती निकै खुशी हुनुहुन्छ । 

“छजना सन्तानमध्ये एटा छोरो मानसिक रुपमा अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ”, भगवतीले भन्नुभयो “सानोमा मज्जाले बोल्ने सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ ।” 

शशिराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्नका लागि आफै मोटरसाइकल चलाएर बजार पुग्नुहुन्छ । कक्षा ८ सम्मको शिक्षा लिनुभएका उहाँलाई श्रीमती दुर्गाले साथ दिँदैआउनुभएको छ । बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उहाँ आफैले गर्दै आउनुभएको छ । 

“सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सवलाङ्ग व्यक्तिको भन्दा कम छैन,” उहाँले भन्नुभयो । शशिराजले सामुदायिक कृषि सहायक तीन महिने तालीम पूरा गर्नुभएको छ । यसले व्यवसाय गर्न सजिलो भएको छ । उहाँको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ । मान्छेले भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम गर्यो  भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र शशिराज बन्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने