Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रामेछापको देवीटारमा फलेको हलुवा वेदको जाम र जेली बन्यो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

रामेछाप । माघ १३,कैलाश खत्री ।

यसअघिका बर्षमा केही आफै खाने र केहि आफन्तहरुलाई दिएर सकिने देवीटारको हलुवावेद यो बर्ष भने जाम बनेर बजारमा आउने भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासी देविटार फाँटमा सयौँ बोटमा फलेको हलुवावेद यो बर्ष भने आम्दानीको स्रोत बन्‍न पुगेको छ । घरेलु तथा साना उद्योग विकास समिति रामेछाप र सुनौलो साना किसान कृषि सहकारी संस्था फुलासीले १० दिने उद्यमशिलता तालिम र ७ दिने जाम जेली बनाउने सिप विकास तालिम दिएपछि देवीटारका स्थानीयहरुले हलुवावेदवाट जाम र जेली बनाएका छन् ।

२० हजारको लगानी गरी उनीहरुले बर्षेनी त्यतिकै खेर जाने हलुवा वेदलाई जाम र जेरी बनाई नगदमा विक्रि गर्ने भएका हुन् । यो बर्ष करिव २० हजार मेट्रिकटन हलुवावेद फलेको स्थानीय कृषकहरुले बताएका छन् । उनीहरुले १ सय ५० बोतल जाम बनाएका छन् भने १० लिटर जुस र तीन बोतल जेली बनाएको सुनौला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद काफ्लेले जानकारी दिए ।

देवीटारमा खेर गैरहेको हलुवावेदलाई जाम जेली बनाएर स्थानीयहरुले उदाहरणीय काम गरेको बताउदै मन्थली नगरपालिकाका उपप्रमुख माया कुमारी कार्कीले आगामि दिनमा नगरपालिकाले घरेलु तथा साना उद्योगको वृद्धि विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताईन् । यता उद्योग अधिकृत श्रेष्ठले देवीटारमा बनेको हलुवावेदको जाम जेली स्थानीय तथा बाह्य बजारमा बिस्तार गर्नुपर्ने धारणा राखेका छन् । उनले बजारमा पुर्याउन सकेको खण्डमा स्थानीयको जीवीकोपार्जन एवम् अार्थिक उपार्जनमा सहयोग पुग्‍ने बताए । उक्त तालिममा २० जना सहभागि भएका थिए ।