पढ्न करिब 2 मिनेट लाग्छ

महेन्द्र केसी

पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँगै चित्रेलाई प्रदेश ४ कै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । पर्वतका प्रतिनिधिसभाका सांसद पदम गिरी, प्रदेशसभा (क) का सांसद नेत्रनाथ अधिकारीले संयुक्त रुपमा चित्रेलाई बालमैत्री घोषणा गरेका हुन् ।

कार्यक्रममा सांसद पदम गिरीले बाल्दै जिल्लालाई बालमैत्री घोषणा गर्नको लागि अभियान चलाउनुपर्ने बताए । वडामात्रै सिमित नरहि जिल्लालाइनै बालमैत्री जिल्लाका रुपमा घोषणा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । जिल्लाका ६१ वडानै बालमैत्री हुनुपर्नेमा उनको जोड थियो । गिरीले अब बामगठबन्धनको सरकार बनेलगत्तै देशमा विकासको मुल फुट्ने बताए । पाँच बर्षको लागि आफूले काम गर्ने जनताको जनमत प्राप्त गरेका कारण सोही अनुसार आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए । गिरीले अब जिल्लाको विकास गर्नको लागि आफूहरु अग्रसर हुने बताए ।

प्रदेशसभा कका सांसद नेत्रनाथ अधिकारीले सवै विकासको लागि अग्रेसर हुने बताए । अब जिल्लालाई देशकै नमूना जिल्लाका रुपमा विकास गर्नको लागि सवै तह र तप्काका व्यक्तिहरु लाग्नुपर्ने बताए । उनले पनि पाँच बर्षको लागि जिल्लाको विकास गर्नको लागि जनादेश प्राप्त भएका कारण सोहि अनुसार काममा लाग्ने बताए ।

अधिकारीले बालमैत्री मात्रै नभएर जिल्लालाई आत्मानिर्भर बनाउनेतर्फ पनि सवै लाग्नुपर्ने बताए । स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्वरोजगार हुने बाटोतर्फ उन्मुख हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमम समानुपातिक तर्फ प्रदेशसभाकी सांसद ललितकला गुरुङ, पूर्व सांसद कल्पना चापागाई, जिल्ला समन्वय समितिका संयोजक मनोहरि वि पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल लगायतले आफ्नो भनाइ राखेका थिए ।

पर्वत खुला दिशामुक्त जिल्ला घोषणा भैसकेको छ भने पूर्ण साक्षर जिल्ला घोषणा यहि माघ १८ गते हुने तयारी छ । त्यस्तै पूर्ण सरसफाइ वडा र धुवामुक्त घोषणा वडाको अभियान चलिरहेको छ ।