Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

पर्वतमा खडेरीले उत्पादन पचास प्रतिशत घट्ने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, पर्वत | झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण जिल्लामा हिउँदे खेती प्रभावित बनेको छ ।

गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

सिँचाइको अभावले कमै मात्रामा गहुँ र तोरीको खेती हुने गरेको छ । वर्षा नहुँदा कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । सिँचाइको सुविधा भएका ठाउँमा पनि गत वर्षको जस्तो उत्पादन हुन सकेको छैन । जिल्लाको नौ हजार ७० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ । हिउँदमा छ हजार ४२० हेक्टरमा मात्र सिँचाइ गर्न सकिन्छ ।

जिल्लामा दुई हजार ६१५ हेक्टरमा गहुँ र करिब एक हजार हेक्टरमा तोरी उत्पादन हुँदै आएको छ भने त्यति नै संख्यामा जौ र एक हजार ५४० हेक्टरमा आलु उत्पादन हुन्छ । जिल्लाको पाङ, फलेवास, कटुवाचौपारी, बर्राचौर, कुर्घालगायत फाँटमा गहुँ र तोरीको बढी खेती गरिँदै आएको छ । उच्च पहाडी र समथर भूभागमा पनि धान काटेलगत्तै आलुलगायत हिउँदे बाली लगाइन्छ ।

वर्षा नहुँदा तरकारीबालीमा विभिन्न किसिमको रोग कीराको प्रकोप बढ्छ । हिउँदे बाली थन्क्याएर बर्खे बालीका रुपमा मकै र कोदो लगाउने बेलासम्म पनि पानी नपर्दा बाँझो जोत्न नपाएको ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । रासस