Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा तरकारी तथा अन्नबालीको बीउको माग बढ्दो

२०७४, १६ माघ मंगलवार ११:२२

माघ १६, डडेल्धुरा | जिल्लामा उत्पादन भएका विभिन्न किसिमका तरकारी, दाल र अन्नबालीको बीउको माग बढ्दो छ । 

जिल्लामा उत्पादन गरिने अन्नबालीको बीउको माग विभिन्न जिल्लाबाट आउन थालेको छ । मागलाई ध्यानमा राखेर यहाँ उत्पादन गरिएका विभिन्न तरकारी, दाल र सागका बीउ अन्य जिल्लामा पठाउने गरेको लक्ष्मी एग्रोभेटका लक्ष्मी पाण्डेयले जानकारी दिनुभयो । 

जिल्लामा उत्पादन भएको मकैको बीउ चार सय २० टन र सिमी २० क्विन्टल जिल्ला बाहिर पठाएको र अझै माग गरिएको साउद एग्रोभेटका करन साउदले बताउनुभयो । जिल्लाबाट बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, बाँके, बर्दियालगायत अन्य ठाउँमा पठाउने गरिएको छ । 

जिल्लामा उत्पादित बीउ राम्रो र उत्पादन धेरै दिने भएकाले यहाँ उत्पादन भएको बीउको माग बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मकै र भटमासको बीउको माग समेत विभिन्न जिल्लाबाट आएको कार्यालयले जनाएको छ । अन्य वर्षको तुलनामा बीउ उत्पादनमा वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । गतवर्ष जिल्लाबाट करिब ५२ टन बीउ अन्य जिल्ला पठाइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश