2026-09-16 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कुश्मामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु

माघ १८, पर्वत | कृषिमा विभिन्न प्रविधि र अन्य बालीनालीको विकास भएसँगै हराएको कन्दमूल खेती यहाँ पुनः शुरु गरिएको छ । 

कुश्मा नगरपालिका– ७ खरेहामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु गरिएको हो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुलजस्ता तरकारीको माग बढ्दै गएपछि कन्दमूल खेती थालिएको हो । 

चालू आवमा रु १० लाख विनियोजन गरी कन्दमूल खेती विस्तार गर्न लागिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । कन्दमूल खेती गर्न इच्छुक किशानलाई संगठित गरी यसवर्ष छ क्विन्टल कन्दमूलको बीउ वितरण गरिएको उहाँले बताउनुभयो । प्रतिकृषक पाँच किलोदेखि १० किलोसम्म ८० जनाभन्दा बढी कृषकलाई तरुल, वनतरुल, भ्याकुर, गिठाजस्ता कन्दमूलको बीउ वितरण गरिएको हो । 

सदरमुकाम कुश्माबजारसँगै जोडिएको वडा नं ७ मा प्रशस्त पाखो बारी र खाली जमिन रहेकाले त्यसको उपयोग गरी आम्दानी गर्न सकिने देखिएपछि सो खेती शुरु गरिएको हो । एउटा कृषकले रु एक लाखदेखि रु चार लाखसम्म आम्दानी गर्न सक्ने कुश्मा नगरपालिकाका कृषि अधिकृत सोनी राना बताउनुहुन्छ । 

बजारको समस्या नहुने कन्दमूल खेती समूहका अध्यक्ष बालकृष्ण शर्माले बताउनुभयो । अहिले रोपिएको १० किलोबाट एउटा कृषकले पहिलो वर्षमै रु एक लाखभन्दा बढी आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो । नगरका अन्य वडा र अन्य गाउँपालिकाले समेत कन्दमूल खेती शुरु गर्ने योजना बनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल