2026-09-15 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री

माघ २१, कञ्चनपुर | बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । 

नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो । 

च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । 

उत्पादित च्याउ रु २०० प्रतिकिलोग्रामका दरले हालसम्म रु नौ लाख मूल्य बराबरको च्याउ बिक्री भएको र अझै च्याउ घरमा रु चार लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । 

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेका मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै रु एक लाखभन्दा बढी उत्पादित च्याउ बिक्री गरी आम्दानी गरेको बताउनुभयो । कृषि शाखाबाट रु १० हजार च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजार अनुदान रकम पाएका थियौँ उहाँले भन्नुभयो, “कृषि शाखाकै प्राविधिकको सल्लाहमा च्याउ खेती गर्दा थोरै परिश्रममा धेरै आम्दानी हात पारेका छौँ ।” कन्या जातको च्याउ खेती गरेका यहाँका किसानले गतिलो आम्दानी हात पर्न थालेपछि बेमौसममा समेत च्याउ खेतीलाई निरन्तरता दिने भएका छन् ।यसका लागि कृषि प्राविधिकसँग सल्लाह लिन थालेको कृषक जयराम चौधरीले उल्लेख गर्नुभयो । 

“अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउ खेतीबाट मनग्य आम्दानी हुने भएकाले र च्याउको महत्व उपभोक्ताले बुझ्दै गएका र बजारमा बिक्री हुन थालेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ