पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १, राजविराज | सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२मा गएराति आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय मोहम्मद जलधर खानको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मो ममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा परी रु पाँ चलाख नगदसहि, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

आगलागीमा परी आधा दर्जन पशुचौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ । रासस