2026-09-14 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा तोरीको उत्पादन घट्दो

फागुन १, दाङ | कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ । 

किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो । पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार्यालयले जनाएको छ । 

पहिले तोरीको तेल कपालमा लगाउने चलन थियो । यहाँको तोरीको तेल विदेशमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समयमा स्थानीयवासीले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयाविनको प्रयोग गर्न थालेको स्थानीयवासी यज्ञबहादुर थापा बताउनुहुन्छ । 

राधा कृष्ण तेलमिल सञ्चालन गर्दै आउनुभएका केशव सापकोटाले तोरी उत्पादन घट्दै गएको बताउनुभयो । उहाँले हाल प्रतिलिटर तोरीको तेलको मूल्य रु २०० भएको बताउनुभयो । स्थानीयवासीले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको संख्या घट्दै गएको उहाँको भनाइ छ । 

जिल्ला कृषि विकास कार्यालयले विभिन्न कारणले तोरी उत्पादन घट्दै गएको जनाएको छ । तोरी खेती घट्दै गएको कार्यालयमा सूचना अधिकारी भरतमणि पोख्रेलले बताउनुभयो । गत वर्ष १८ हजार हेक्टरमा गरिएको तोरी खेतीबाट १९ हजार २८२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष २१ हजार मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । 

तोरी उत्पादन घट्नुमा जग्गा पल्टिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको बाली संरक्षण अधिकृत पीताम्बर बस्नेतले बताउनुभयो । दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रिनु र असन्तुलित रासायनिक मलको प्रयोग गर्नाले तोरीको उत्पादन घट्दै गएको उहाँको भनाइ छ । कार्यालयले किसानलाई तोरी उत्पादन बढाउन उन्नत बीउ वितरण गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ