2026-09-14 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पाका किसानलाई बजारको समस्या

फागुन ९, पाल्पा | तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् । 

स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन रोपनी जमिनमा तरकारी लगाउनुहुन्छ । 

“बजार नहुदा बिक्री गर्न समस्या भएको छ, तरकारी पर्याप्त मात्रामा उत्पादन भएपनि बिक्री गर्ने ठाउँ छैन,” उहाँले भन्नुभयो । 

कृषक हरिप्रसाद अधिकारीको व्यवसाय पनि तरकारी खेती नै हो । तरकारी बिक्री गर्ने ठाउँ नहुँदा उहाँलाई रातदिन पिरोलेको छ । “गाउँमा जमिन र पानी प्रशस्त छ, तरकारी बिक्री गर्न बजार छैन, तरकारी कुहाएरै फ्याँक्नु परेको छ,” उहाँले भन्नुभयो । 

यहाँको मुख्य बजार रामपुरको बेझाड र स्याङ्जाको गल्याङ हो । त्यहाँ तरकारी पर्याप्त मात्रामा बिक्री हुँदैन । त्यसैले कृषकले हैरानी खेप्दै आएका छन् । यहाँ बुटवलबाट दिनहुँ सस्तो मूल्यमा तरकारी भित्रने गरेकाले स्थानीय उत्पादनले बजार पाउन सकेको छैन । कृषक र उपभोक्ता मारमा परेका छन् । 

मेहनत र परिश्रमअनुसारको बजार भाउ नपाउँदा कृषकले घाटा बेहोर्नु परेको छ । उत्पादित तरकारी बजारमा बिक्री गर्न नपाउँदा घरमै तरकारी कुहेर जान थालेपछि अहिले यहाँका कृषकले उत्पादन घटाउन थालेको तुल्सीप्रसाद भण्डारी बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ