2026-09-16 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी सम्पन्न

फागुन १९, त्रिशूली (नुवाकोट) | स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई प्रोत्साहन गर्ना लागि शिवपुरी गाउँपालिकामा सञ्चालित कृषि उपज प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । 

शिवपुरी – ७, रचनडाडाँमा आयोजित एकदिने कृषि उपज प्रदर्शनीमा ५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी गरिएको थियो । गाउँमा कृषिसँग कार्यक्रम सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्ब केन्द्रको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले किसानको बजारसँग सहज पहुँच विस्तार गर्ने र बिचौलियालाई रोक्नका लागि सरकारी तथा अन्य सरोकारयुक्त निकायले काम गर्नुपर्ने बताउनुभयो । 

शिवपुरी–७ का वडास्तरीय कृषक सञ्जालका अध्यक्ष सन्तबहादुर तामाङले बजारसम्मको सहज पहुँच विकास र सहज रुपमा बीउविजन उपलब्ध गराउन माग गर्नुभयो । 

प्रदर्शनीमा केराउ, गोलभेंडा, आलु, बन्दा, काउली, साग, गाजर, मुला, अदुवा, लसुन, प्याज, बकुल्ला, फर्सी, केरा, उखु, कागती, अलैंची, सीताके च्याउ, मेवा, भुइँस्याउलगायत उत्पादन राखिएका थिए । 

प्रदर्शनीमा उत्कृष्ट किसानलाई पुरस्कृत पनि गरिएको थियो । तरकारी बालीमा धनमाया तामाङ (सीताके च्याउ), फलफूल बालीमा सीता सुनार (मेवा) र मसला बालीमा जुना तामाङ (अलैंची) पहिलो र रत्नबहादुर डंगोल उत्कृष्ट कृषक घोषित भई पुरस्कृत हुन सफल भएको कार्यक्रम संयोजक साधुराम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा तरकारी संकलन केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने चन्द्रबहादुर डंगोललाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल