Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १५ गते, बिहान १०:०२ बजे कृषि गतिबिधी, सप्तरी - SPT

सप्तरीमा कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १५, राजविराज (रासस) | जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागि स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मोमिटर प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेश नम्बर २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरी जिल्लाका ६३ वटा कृषक समूहलाई स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मेमिटर हस्तान्तरण गर्नुभयो ।

कृषि सूचना प्रणालीको माध्यमबाट कृषक, कृषक समुदाय तथा सरोकारवालालाई पूर्व सूचना प्रणालीअन्तर्गत कृषिसँग सम्बन्धित सूचनाहरु प्रवाह गर्ने र अनुकुलनात्मक मौसमलाई सहजीकरण गरी कृषि उत्पादनमा अभिवृद्घि गर्ने उद्देश्यले सो उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत यादवले जानकारी दिनुभयो ।

सो क्रममा मन्त्री साहले कृषि प्रयोजनका लागि सहयोग गरिएको उपकरणको सदुपयोग गर्नसमेत कृषक समूहलाई आग्रह गर्नुभयो ।

साथै प्रदेश सरकार सञ्चालन र आर्थिकभार बहन गर्नसक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकतामा कृषि क्षेत्रलाई राखिएको समेत उहाँले बताउनुभयो ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित जलवायु समुत्थानसम्बन्धी नमुना कार्यक्रमअन्तर्गत कृषि उपकरण वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयबाट बुझिएको छ ।