Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असार ३२ गते, अपराह्न ४:४९ बजे कृषि गतिबिधी, नुवाकोट - NWK

नुवाकोटका चारसय किसानलाई क्यान वितरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३२, नुवाकोट | भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी (दूध बोक्ने क्यान) वितरण गरेको छ ।

दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो ।

भूकम्पबाट क्षति व्यहोरे पनि पशुपालनलाई निरन्तरता दिँदै आएका किसानलाई एक÷एक थान क्यान उपलब्ध गराएको पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिनुभयो । सहकारी संस्थामार्फत माग भएर आएका तथा व्यक्तिगत रुपमा निवेदन दिएका ५३ किसानलाई डेरीसम्म दूध लैजान पाँच लिटर क्षमताको क्यान वितरण गरिएको हो ।

“किसानलाई प्रोत्साहन गर्न क्यान उपलब्ध गराएका हौँ,” भट्टले भन्नुभयो ।

पुनःनिर्माण कोषमार्फत यसवर्ष यहाँका भूकम्पपीडित ५० किसानलाई गोठ निर्माण, ५० किसानलाई पशु सुधार गोठ निर्माण, १२ किसानलाई कुखुराको खोर निर्माण, ३१ किसानलाई उन्नत जातको ब्याडको बोका तथा पाँच हजारभन्दा बढी किम्बु घाँसको बिरुवा वितरण गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कअनुसार यसवर्ष जिल्लामा २४ हजार ६९१ मेट्रिक टन दूध उत्पादन भएकामा छ हजार ९५८ मेट्रिक टन दूध जिल्ला बाहिर बिक्री गरिएको थियो । रासस