Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन ११ गते, दिउँसो १२:२२ बजे कृषि गतिबिधी, महोत्तरी - MHT

महोत्तरीमा धमाधम रोपाइँ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ११, गौशाला | तीन दिनदेखिको राम्रो वर्षाका कारण महोत्तरी जिल्लाको दक्षिणी पश्चिमी क्षेत्रमा अहिले धमाधम रोपाइँ शुरु भएको छ ।

आकाशे पानीको भरमा धानखेती हुने गरेको यस क्षेत्रमा यसअघि लामो समयदेखि पानी नपरेका कारण रोपाइँ शुरु हुन सकेको थिउन तर दुई÷तीन दिनयता जिल्लामा राम्रोसंग पानी परेकाले किसानले धमाधम धान रोप्न थालेका हुन् ।

वर्षाको अभावमा यसअघि जिल्लाको उत्तरी र पूर्वी क्षेत्रका गरी जम्मा ५० प्रतिशत खेतमा रोपाइँ भएकामा अहिले पश्चिमी र दक्षिणी क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको छ ।

जिल्लाको कूल धानखेती ४५ हजार हेक्टर जग्गामध्ये २३ हजार हेक्टर जग्गामा मात्रै रोपाइँ भएको थियो भने बाँकी रहेको खेतमा पनि धान रोप्नमा किसान व्यस्त छन् । जिल्लाका कृषि प्रमुख ओम प्रकाश विराजीका अनुसार महोत्तरीमा साउन १५ गतेसम्ममा रोपाइँ भइसक्नेछ ।