2026-09-15 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरेली जेठोबुढो धानको माग बढ्दै

वासुदेव पौडेल | साउन १८, पोखरा | जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिवर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति रहेका छन् । 

धेरै गर्मी र धेरै जाडो नहुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् । 

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा हाल ४८ हजार ६३३ हेक्टरमा धानखेती गरिँदै आएकामा २६ हजार ७५७ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमीन ६८ हजार ९६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेका आर्वाका अगुवा कृषक टेकनाथ बराल बताउनुहुन्छ । 

“जेठोबुढाको बीउको माग कास्कीमा मात्र नभएर बाहिरका जिल्लामा पनि अत्यधिक छ”, उहाँले भन्नुभयो, “केही वर्षयता यसको बीउ गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पुगिसकेको छ ।” जिल्लामा जेठोबुढो धानको बिउको बिक्री मूल्य प्रतिकिलो रु १९० कायम गरिए पनि माग बढी भएका कारण कृषकले प्रतिकिलो रु २३० सम्ममा बिक्री गर्दैआएका छन् । 

लिबर्डले पोखराका विभिन्न स्थानमा फल्ने जेठोबुढोका छ वटा प्रजातिको संकलन गरी त्यसबाट सुधारिएको पोखरेली जेठोबुढोको बीउ उन्मोचन गरेको छ । लिबर्डको सहयोगमा आर्बाको नमूना प्राङ्गारिक कृषि सहकारी संस्था, फेवा बीउ उत्पादन समूह, जनसेवा एग्रोभेटलगायत संस्थाले जेठोबुढो धानको बीउ उत्पादन गर्दै आएका छन् । 

सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि २०६७ सालमा सिफारिश गरिएको थियो भने २०६८ देखि उत्पादन शुरु भएको गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अधिकृत प्रकाश बस्ताकोटीले बताउनुभयो । जेठोबुढोको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३.५ मेट्रिक टन रहेको छ । जेठोबुढोको चामल प्रतिकिलो रु १६० पर्छ भने प्रतिपाथी रु ६०० पर्छ । 

जनसंख्याका आधारमा कास्कीमा वार्षिक एक लाख एक हजार टन खाद्यान्न आवश्यक पर्छ । हाल ७६ हजार टन मात्र खाद्यान्न उत्पादन हुन्छ । पछिल्ला वर्षमा जेठोबुढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, लेखनाथका फाँट प्लटिङका कारण घडेरीमा परिणत भएका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष १०० हेक्टर कृषिभूमि घटिरहेको छ । शहरी क्षेत्रको लगभग ४० प्रतिशत तथा गाउँको करीब २५ प्रतिशत जमीन बाँझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ